१३ औं संस्करणको टोयोटा ‘ड्रीम अ आर्ट’ प्रतियोगिता सम्पन्न

काठमाडौं । टोयोटा मोटरले १३ औं संस्करणको ड्रिम अ आर्ट कन्टेष्ट आयोजना गरेको छ । विश्वका कारिब ७७ देशमा एकसाथ आयोजना गरिने यो प्रतियोगितामा स्कुलका बिद्यार्थीहरुलाई बिभिन्न ३ समूहमा बिभाजन गरि प्रतिस्पर्धा गराइने गरिएको टोयोटाको नेपालको लागि आधिकारीक बिक्रेता यूनाईटेड ट्रेडर्स सिन्डिकेटले जनाएको छ । 

८ वर्ष भन्दा कम उमेर समूह, ८ देखि ११ वर्ष उमेर समूह र १२ देखि १५ वर्ष समूहका विद्यार्थीहरुको प्रतिस्पर्धाबाट हरेक समूहमा ४–४ जना छनोट गरिएको छ । 

यस वर्ष करिब ९०० चित्रहरु प्रतिस्पर्धामा सहभागि भएका थिए । 

कम्पनीकाअनुसार उत्कृष्ट छनोट भएका १६ चित्रहरु अन्तिम प्रतिस्पर्धाको लागि जापान पठाइने छ । 

विगतमा नेपालबाट प्रतिनिधित्व गर्दै दुई पटक प्रतिस्पर्धी भाईबहिनीहरु जापान गई सकेको कम्पनीले जनाएको छ । यसको अन्तिम प्रतिस्पर्धा जापानमा हुनेछ ।


Back_to_top