होन्डाले भारतीय बजारमा एकैसाथ तीन गाडीलाई अपग्रेड गरेर आज सार्वजनिक गर्ने भएको छ । कम्पनीले आज फेब्रुवरी ७ मा यी स्पेशल मोडललाई बजारमा उतार्ने भएको हो ।
कम्पनीले होन्डा डब्ल्यूआर–भीको भीएक्स अटोमेटिकको पेट्रोल र डिजेल भेरियन्ट, होन्डा अमेजको भीएक्स अटोमेटीकको पेट्रोल र डिजेल भेरियन्ट तथा होन्डा ज्याज भीएक्सको सिभीटी भेरियन्टको स्पेशल इडिसन सार्वजनिक गर्ने भएको हो ।
कम्पनीले डब्ल्यूआर–भीको स्पेशल भेरियन्टमा यूनिक सिट कभर, इलुमेनेटेड डोर सिल, रियर स्पोइलर र बडी ग्राफिक्समा परिवर्तन गरेको छ ।
त्यसैगरी अमेजको स्पेशल इडिसनमा कम्पनीले व्ल्याक ह्वील क्याप, इलुमेनेटेड डोर सिल, यूनिक सिट कभर, फ्रन्ट आर्मरेष्ट, कन्सोल बक्सजस्ता नयाँ फिचर दिइएको छ । साथै, कम्पनीले होन्डा ज्याजमा व्ल्याक अलोय ह्वील, इलुमेनेटेड डोर सिल, टेल गेट स्पोइलर, बढी ग्राफिक्सजस्ता फिचर थप गरेको छ ।
कम्पनीले यी गाडीलाई स्पेशल बनाउन आफैँ एसोसोरिज उत्पादन गरेर थप गरेको जनाइएको छ । डब्ल्यूआर–भी र ज्याजको टेल गेट स्पोइलरमा कालो कलर दिइएको छ । यसले गाडीलाई निकै आर्कषक बनाएको कम्नीले दाबी गरेको छ ।
कम्पनीले स्पेशल मोडल ल्याउनुमा बजारमा होन्डाको सर्वाधिक बिक्री हुने मोडललाई फरक, स्टाइलिस र आकर्षक बनाउनु रहेको जनाएको छ ।

