टोयोटाको ४ ब्याट्री टेक्नोलोजी, कुनमा कस्तो विशेषता ?

काठमाडौं । जापनीज अटोमोवाइल कम्पनी टोयोटा ईभी रेसमा अहिले निकै पछाडि रहेपनि सन् २०२६ सम्ममा थुप्रै नयाँ मोडलका ईभी लन्च गर्ने योजना सार्वजनिक गरिसकेको छ । टोयोटाले आफ्नो ईभीमा प्रयोग हुने ‘नेक्स्ट जेनेरेशन एड्भान्स ब्याट्री’को बारेमा पूर्ण जानकरी सार्वजनिक गरेको हो ।

कम्पनीले ३ थरिको नयाँ लिक्विड इलेक्ट्रोलाइट ब्याट्री टेक्नोलोजी र एउटा सोलिड स्टेट ब्याट्री टेक्नलोजीको बारेमा जानकारी दिएको हो । टोयोटाका अनुसार सन् २०३० सम्ममा वार्षिक ३५ लाख बीईभी बिक्री गर्ने लक्ष्य लिएको छ । त्यस मध्ये यी ब्याट्रीले १७ लाख ईभीमा पावर प्रदान गर्छ ।

टोयोटाले तत्कालका लागि लिक्वीड इलेक्ट्रोलाइट ब्याट्री टेक्नलोजी प्रयोगमा ल्याउने जनाएको छ । यो टेक्नलोजीको ब्याट्रीमा निकै सुधार गरिएको छ । यसमा धेरै इनर्जी डेन्सीटी, कस्ट कम्पीटीभ्नेस र उच्च चार्जिङ स्पीड रहने छ ।

टोयोटाले इलेक्ट्रोलाइट प्रविधिको तीन किसिमका ब्याट्रीको नाम पनि फरक दिएको छ । कम्पनीले यसलाई पफर्मेन्स, पपुलाइजेशन र हाइ पफर्मेन्स नाम दिएको छ ।

पफर्मेन्स लिथियम आयोन ब्याट्री

पफर्मेन्स लिथियम आयोन ब्याट्री सन् २०२६ बाट प्रयोगमा आउने छ । यसको रेन्ज एक पटकको फुल चार्जमा ८०० किलोमिटरसम्म हुनेछ । यसका लागि टोयोटाले आफ्नो ईभीको एरोडायनामिक्स र तौलमा व्यापक सुधार गर्नु पर्ने बताएको छ ।

यो ब्याट्रीको मूल्य पनि अहिले टोयोटाको बीजेडफोरएक्स ईभीमा प्रयोग भएको भन्दा २० प्रतिशत कम हुने बताएको छ । साथै, यो ब्याट्रीलाई फास्ट चार्जरले १० देखि ८० प्रतिशतसम्म चार्ज २० मिनेटभन्दा कम समय लाग्ने छ ।

पपुलाराइजेशन एलएफभी ब्याट्री

टोयोटाको अर्को ब्याट्री पपुलाराइजेसन एलएफभी ब्याट्रीले बीजेडफोरएक्समा प्रयोग भएको ब्याट्रीले भन्दा २० प्रतिशत बढि रेन्ज दिनेछ । लिथियम आयोन फस्फेट केमेस्ट्रीमा बन्ने यो ब्याट्रीको मूल्य कम हुनुको साथै उच्च गुणस्तरको हुनेछ ।

बाइपोलार टेक्नोलोजीको प्रयोग गरी बनाइने यो ब्याट्री टेक्नोलोजीमा टोयोटाले निकेल मेटल हाइड्राइट ब्याट्री समेत बनाउने छ । यसलाई सन् २०२६/२०२७ सम्म बजारमा ल्याउने छ ।

अहिले प्रयोगमा रहेकोभन्दा २० प्रतिशत बढि रेन्ज दिने र ४० प्रतिशत सस्तो हुने अपेक्षा गरिएको यो टेक्नोलोजीको ब्याट्रीलाई ३० मिनेटभन्दा कम समयमा १० बाट ८० प्रतिशतसम्म रिचार्ज गर्न सकिन्छ ।

हाइपफर्मेस लिअन ब्याट्री

टोयोटाको पहिलो चरणको तेस्रो लिक्वीड इलेक्ट्रोलाइट हाई पफर्मेन्स ब्याट्रीको १००० किलोमिटरको रेन्ज रहने छ । यो ब्याट्री प्याकमा लिथियम आयोन केमेस्ट्रिमा हाइ निकेल क्याथोड कम्बाइन गरिएको छ । त्यहि कारण यसको रेन्जमा बृद्धि हुनेछ ।

टोयोटाले यो ब्याट्रीको मूल्य १० प्रतिशत कम हुने र डीसी फास्ट चार्जरले चार्ज गर्दा जम्मा २० मिनेटमै १० बाट ८० प्रतिशतसम्म रिचार्ज हुनेछ । टोयोटाको हाइ पफर्मेन्स ब्याट्री सन् २०२७/२०२८ बाट बजारमा आउनेछ ।

सोलिड स्टेट ब्याट्री

ईभीको क्षेत्रमा धेरै आशा गरिएको ब्याट्री टेक्नलोजी हो सोलिड स्टेट ब्याट्री । टोयोटाले यो ब्याट्रीको सफल परिक्षण गरिसकेको जनाएको छ । यो टेक्नोलोजीको ब्याट्रीमा लिथियम आयोनको सोलिड इलेक्ट्रोलाइट रहने छ । यसले आयोनको गतिलाई फास्ट बनाउनुको साथै हाइ भोल्टेज तथा टेम्प्रेचरमा उत्कृष्ट टलोरेन्स रहने जनाएको छ ।

त्यहि कारण यो ब्याट्रीमा तिब्र गतिमा चार्जिङ र डिस्चार्जिङ गर्न सकिनुका साथै सानो साइजका बाबजुत धेरै पावर डेलिभर गर्न सकिन्छ । तर, यसको कारणले ब्याट्रीको लाइफ भने कम हुने बताइएको छ । टोयोटाले भने यो समस्याबाट पार पाइसकेको जनाएको छ ।

टोयोटाले सोलिड स्टेट ब्याट्री सन् २०२७/२०२८ बाट कमर्शियल प्रयोगमा ल्याउने जनाएको छ । टोयोटाले सुरुवातमा यो ब्याट्री हाइब्रिड भेहिकलमा प्रयोग गर्ने जनाएको छ ।

टोयोटाको सोलिड स्टेट ब्याट्रीले पफर्मेन्स ब्याट्रीको तुलनामा २० प्रतिशतसम्म रेन्ज बढाउने दावी गरिएको छ । फलस्वरुप सोलिड स्टेट ब्याट्री भएको ईभीको रेन्ज १२०० किलोमिटरसम्म हुनेछ । यो ब्याट्रीलाई जम्मा १० मिनेटमा १० बाट ८० प्रतिशतसम्म रिचार्ज गर्न सकिनेछ ।

४ इन्च भन्दा सानो ब्याट्री प्याक

टोयोटाले नेक्स्ट जेनेरेशन ब्याट्रीको पफर्मेन्समा सुधार ल्याउनुको साथै यसको साइजमा समेत अप्टीमाइज गर्ने जनाएको छ । ईभीको ब्याट्री प्याक भेहिकलको फ्लोरमा हुने भएकोले यसले भेहिकलको ओभरअल हाइट तथा एरोडायनामिक्स र रेन्जलाई असर गर्छ ।

ईभीको एरोडायनामिक्स कम गराई रेन्ज बढाउनका लागि ब्याट्रीको हाइट हाल प्रयोेगमा रहेको १५० एमएमको साइजलाई जम्मा १०० एमएम अर्थात ३.९ इन्चमा झार्ने जनाएको छ ।


Back_to_top