अब ट्राफिक सचेतना कक्षा नागरिक एपबाटै लिन सकिने

काठमाडौं । अब ट्राफिक सचेतना कक्षा नागरिक एपबाटै लिन सकिने भएको छ ।

आइतबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच गृहमन्त्री रमेश लेखकले अनलाइन ट्राफिक सचेतना कक्षाको शुभारम्भ गरेका हुन् ।

यससँग अब मापसे, लेन क्रस, ओभर स्पीड लगायत ट्राफिक नियम उल्लंघन गर्ने कसुर गर्नेले नागरिक एपबाटै कक्षा लिन पाउने भएका छन् । यसअघि चालक अनिवार्य रूपमा ट्राफिक कार्यालय पुगेर कक्षा लिनुपर्ने व्यवस्था थियो ।

प्रहरीले ज्ञानबजार प्रालिसँगको सहकार्यमा यो सेवा संचालन गरेको हो ।


Back_to_top