मापेस तथा लेन अनुशासन नमान्नेलाई कारवाही सुरु, सचेतना कक्षा भने लिनु नपर्ने

काठमाडौं । लकडाउनका कारण लामो समयसम्म रोकिएको मापसे जाँच पुनः सुरु भएको छ । लेनअनुशासन पालना नर्गेलाई समेत कारवाही सरु गर्ने भएको हो ।

आज देखि नियमित रुपमा मापसे जाँच थालिने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले जानकारी दिएका छन् ।

ट्राफिक प्रहरीले पुर्ण सावधानी अपनाएर जाँच गरिनेसमेत ढकालले जनाकारी दिए ।

यसरि कारवाहीमा पर्ने सवारी साधन चालकले हाल सचेतना कक्षा भने लिन नपनट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यसरी अनुशान नमान्नेले लकडाउन पुर्ण रुपमा अन्त्य भएपश्चात अनिवार्य सचेतना कक्षा लिनु पर्नेछ ।


Back_to_top