काठमाडौं । टाटा नेक्सन र हुन्डाई भेन्यू एक अर्काका प्रतिस्पर्धी मोडल हुन् । हुन्डाई भेन्यूले नेपाली बजारमा एक वर्ष पुरा गर्न लागेको छ भने टाटा नेक्सनले दुई वर्ष पुरा गरिसकेको छ ।
साइज एउटै भएपनि यी दुई कारमा तुलनात्मक रुपमा धेरै भन्नता पाउन सकिन्छ । हुन्डाईले भेन्यूमा फोर सिलिण्डर इन्जिनको प्रयोग गरेको छ । भेन्यूमा थ्रि सिलिण्डर टर्बो चार्ज्ड इन्जिन प्रयोग भएको छ ।
तुलनात्मक रुपमा समान मूल्य भएको नेक्सन एक्सएम र भेन्यू एस १.२ भेरियन्टको बीचमा यहाँ तुलनात्मक भिन्नता केलाउने प्रयास गरिएको छ ।
१.२ लिटर इन्जिन भएपनि नेक्सनमा टर्बो इन्जिन भएकाले यो निकै पावरफुल रहेको छ । नेक्सनमा रहेको इन्जिनले अधिकतम ५५०० आरपीएममा १०८ बीएच पावर र १७५० आरपीएममा १७० एनएम टर्क प्रदान गर्ने छ ।
भेन्यूमा रहेको इन्जिनले अधिकतम ६००० आरपीएममा ८२ बीएच पावर र ४००० आरपीएममा ११५ एनएम टर्क प्रदान गर्छ । माइलेजमा दुबै एसयूभीको समान रहेको एआरएआईले प्रमाणित गरेको छ ।
नेक्सनमा ६ स्पीड म्यानुयल गियरबक्स रहेको छ भने भेन्यूमा ५ स्पीड म्यानुयल नै गियर बक्स जडान भएको छ ।
दुबै कारको लम्बाई लगभग उस्तै रहेको छ । भेन्यूको लम्बाई ३९९५ एमएम रहेको छ भने नेक्सनको लम्बाई ३९९३ एमएम रहेको छ । चौडाईमा नेक्सन केही ठूलो छ । यसको चौडाई १८११ एमएम र भेन्यूको १७७० एमएम रहेको छ ।
उचाई दुबैको उस्तै रहेको छ । नेक्सनको उचाई १६०६ एमएम छ भने भेन्यूको १६०५ एमएम रहेको छ । ह्वील वेस भेन्यूको केही ठूलो रहेको छ । भेन्यूमा २५०० एमएमको ह्वील वेस रहेको छ । नेक्सनमा २४९८ एमएमको ह्वील वेस दिइएको छ ।
दुबै सब फोर मिटर एसयूभीलाई आरामदायी र स्टाइलिस बनाउन कम्पनीले कुनै कसर बाँकी राखेको छैन ।
मूल्यका हिसावले यी दुबै एसयूभी लगभग समान जस्तै रहेका छन् । टाटाको आधिकारीक वितरक सिप्रदी ट्रेडिङले नेक्सन एक्सएमको मूल्य ३७ लाख ३५ हजार रुपैयाँ तोकेर बिक्री गर्दै आएको छ ।
त्यसैगरि हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल्स प्रालिले भेन्यू एसको मूल्य ३७ लाख ९६ हजार रुपैयाँ रहेको छ । यसको बीएस ६ इन्जिन सहितको २०२० मोडलको मूल्य भने ३९ लाख ९६ हजार रुपैयाँ रहेको छ ।
दुबै कारको थप तुलनात्मक भिन्नता हेर्न यहाँ क्लिक गर्नुहोस् ।

