महंगो भयो हिरो एक्सपल्स, किन्न चाहनेले कुर्नु पर्ने

काठमाडौं । हिरोको पहिलो एडभेञ्चर मोटरसाइकल एक्सपल्स २०० बजारमा ‘सर्टेज’ भएको छ । हिरोको आधिकारीक वितरक एनजीएमले बिक्री गर्दै आएको एक्सपल्स २०० माग अनुसार बजारमा उपलब्ध हुन सकेको छैन ।

यो मोटरसाइकल २०१९ को ‘इन्डियन मोटरसाइकल अफ दि इयर’ अवार्ड जित्न सफल भएको एडभेञ्चर मोटरसाइकल हो । यसकाे बजार मूल्य ३ लाख ८८ हजार रुपैयाँ रहेकाे छ । लकडाउनपछि यसकाे मूल्य ३ हजार रुपैयाँले बढाएकाे हाे । लकडाउन अघि यसकाे मूल्य ३ लाख ८५ हजार रुपैयाँ थियाे ।

‘ग्राहकले यो मोटरसाइकल निकै रुचाएका छन् । बजारमा माग धेरै छ तर, आपूर्ति भने पुर्याउन सकिएको छैन’, एनजीएम स्रोतले मेरोअटोसँग भन्यो ।

अहिले तत्काल किन्न चाहनेले एक्सपल्स २०० किन्न पाउने अवस्था छैन । तर, आगामी हप्तासम्ममा मोटरसाइकल नेपाल आइपुग्ने कम्पनीले जनाएको छ ।

हिरो शोरुमा नयाँ एक्सपल्स २००को लागि जिज्ञासा राख्दा त्यहाँका कर्मचारीले भने ‘लामो लकडाउनको कारण मोटरसाइकल आयात हुन सकेको थिएन । हामीसँग भएको स्टकपनि सबै सकिएको छ । अबको केही दिनमा एक्सपल्स आइपुग्छ ।’

एक्सपल्स २०० मा छैन अफर

हिरोले आफ्ना स्कुटर र अन्य मोटरसाइकलमा स्कीम दिइरहेको छ । स्कीममा अन्य मोडल किन्ने ग्राहकलाई कम्पनीले सून्य प्रतिशत डाउन पेमेन्ट र ५० प्रतिशत डाउन पेमेन्ट गरेर स्कुटर किन्नेलाई सून्य प्रतिशत व्याजदरमा कर्जा उपलब्ध गराउँदै आएको छ ।

तर, एक्सपल्स किन्ने ग्राहकले यी कुनैपनि अफर प्रयोग गर्न पाउने छैनन् । एक्सपल्स किन्ने ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट र १६ प्रतिशत व्याजदरमा २४ महिनामा किस्ता तिर्नेगरि भने कर्जा सुविधा पाउने छन् । यसरी एक्सपल्स २०० किन्दा पर्ने मासिक किस्ता थाहापाउन यहाँ क्लिक गर्नुहोस् ।

यस्तो छ एक्सपल्स २००

मोर्डन रेट्रो र फङ्सनल डिजाइनमा निर्माण गरिएको एक्सपल्स मोटरसाइकलमा आकर्षक फ्युल ट्यांकी लगाइएको छ ।

राउन्ड हेडल्याम्प, आर्कषक टेलाइट, इन्जिन किल स्विच, रियर ग्राब रेल, फ्रन्ट साइडमा लगाइएको विन्ड स्क्रिनले मोटरसाइकललाई निक्कै आकर्षक बनाएको छ । साथै, कम्पनी यो बाइकलाई कार्बोरेट इन्जिनमा उपलब्ध गराएको छ ।

कम्पनीले यस बाइकमा २०० सीसी, लिक्वीड कुल सिङ्गल सिलिन्डर टु भल्भ इन्जिन दिएको छ । उक्त इन्जिनले १८.१ बीएच पावर र १७.१ एनएम टर्क प्रदान गर्छ । यसमा फाइभ-स्पीड गियरबक्स जडान गरिएको छ ।

यसमा डबल प्रपोज टायर, आल्मुनियम ब्यास प्लेट, नकल गार्ड, हाई माउन्ट मडगार्ड लगायतका विशेषता दिइएको छ । यस्तै यसमा २२० एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ भने ८२५ एमएम सिट हाइट दिइएको छ ।

बाइकको अगाडिको चक्कामा ३७ एमएम टेलिस्कोपिक फर्कसँगै १९० एमएम स्ट्रोक र रियरमा १० स्टेप एडजस्टेबल ग्यास चार्ज मनोशक युनिट लगाइएको छ । पछाडिको चक्कामा भने १७० एमएम ट्राभल युनिट लगाइएको छ ।

एक्सपल्स २०० मा अलबिट, लेसर ट्राभल, रियर मनोशक, अगाडि २७६ एमएम पेटल डिस्क र पछाडि २२० एमएम डिस्क ब्रेक दिइएको छ । मोटरसाइकलमा सिंगल च्यानल एबीएस उपलब्ध रहेको छ ।


Back_to_top