भोलिबाट निजी सवारी साधनमा जोर बिजोर नलाग्ने

काठमाडौं । निजी सवारी साधानमा लगाउँदै आएको जोर विजोर प्रणाली हटेको छ । मन्त्रिपषिद्को सोमबार बसेको बैठकले जोड विजोर हटाउने निर्णय गरेको हो ।

सार्वजनिक यातायात सञ्चालन पनि भएकाले निजी सवारीको जोर विजोर हटाइएको हो । सरकारले गत असार १ गतेबाट जोर–बिजोरमा निजी सवारी साधन चलाउन दिने निर्णय गरेको थियो ।

साथै, सरकारले लामो दुरीका यातायातका साधन आगामी भदौ १ गतेबाट संचालनमा ल्याउने सरकार प्रबक्ता डा. युवराज खतिवडाले जानकारी दिए ।


Back_to_top