१२ लाख चालकले गरे ट्राफिक नियम उल्लङ्घन, कुन क्षेत्रमा कति ?

काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा सरकारले ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनबाट ७२ करोड ८५ लाख ६९ हजार ५ सय राजस्व उठाएको छ । 

ट्राफिक नियमविपरीत सवारी चलाउने ११ लाख ७० हजार ५८५ सवारी चालकलाई गरेको कारबाहीबाट उक्त परिमाणको राजस्व संकलन भएको हो । 

ट्राफिक प्रहरीको कारबाहीमा सबैभन्दा धेरै ४ लाख २ हजार ८५० वटा मोटरसाइकल परेका छन् । ती मोटरसाइकलको कारबाहीबाट २५ करोड ४३ लाख ५६ हजार ५०० रुपैयाँ राजस्व संकलन गरेको छ । 

ट्राफिक प्रहरीले ३० हजार ९१८ वटा टेम्पोलगायतका तीनपाङ्ग्रे सवारीसाधनलाई गरेको कारबाहीबाट १ करोड ८८ लाख २ हजार राजस्व उठाएको छ । 

त्यस्तै, कारबाहीमा परेका ७९ हजार ४ सय ४६ ट्याक्टरलाइ गरेको कारबाहीबाट ४ करोड ५५ लाख ५१ हजार रुपैयाँ उठेको छ भने, १ लाख ५८ हजार ५३ बस तथा मिनीबसबाट ९ करोड ५४ लाख ५६ हजार ५०० सय रुपैयाँ संकलन भएको छ । 

२ लाख २९ हजार २६३ कार-जीप-भ्यानलाई गरिएको कारबाहीबाट १३ करोड ९९ लाख ४ हजार रुपैयाँ संकलन भएको छ भने २ लाख ७० हजार ५५ ट्रक तथा ट्याङ्करलाई गरेको कारबाहीबाट १७ करोड ३२ लाख १२ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको छ ।

ट्राफिक प्रहरीको कारबाहीमा सबैभन्दा धेरै ४ लाख २ हजार ८५० वटा मोटरसाइकल परेका छन् । ती मोटरसाइकलको कारबाहीबाट २५ करोड ४३ लाख ५६ हजार ५०० रुपैयाँ राजस्व संकलन गरेको छ । 

क्षेत्रगतरुपमा कहाँबाट कति राजस्व उठ्यो ?

सवारीसाधन सबैभन्दा धेरै भएको मध्यमाञ्चल विकास क्षेत्रबाट ३८ करोड ३७ लाख ८८ हजार ५०० रुपैयाँ संकलन भएको छ । त्यसमध्ये पनि काठमाडौं उपत्यबाटमात्रै २१ करोड ११ लाख ७५ हजार जरिवानावापत् राजस्व संकलन भएको छ । 

दोस्रो धेरै कारर्वाही पुर्वाञ्चलमा गरिएको छ । त्यहाँबाट १३ करोड ६२ लाख ७ हजार ५००, पश्चिमाञ्चल विकास क्षेत्रबाट १२ करोड ८२ लाख १९ हजार, मध्यपश्चिमाञ्चलबाट ५ करोड ७२ लाख ५४ हजार ५ सय तथा सुदुर पश्चिमाञ्चलबाट २ करोड ३१ लाख राजश्व संकलन भएको छ ।

यो स्तम्भ फ्याक्ट्स नेपाल र मेरोअटो डटकम बीचको सहर्कायमा तयार गरिएको हो । 


Back_to_top