यातायात व्यवसाय पुनरकर्जा दिइने

काठमाडौं । कोभिड-१९ संकटबाट अति प्रभावित यातायात व्यवसाय पुनरकर्जा दिने मौद्रिक नीतिले घोषणा गरेको छ । चैत ११ गतेदेखि बन्द रहेका सार्वजनिक यातायात अझै राम्रोसँग संचालनमा आउन सकेका छैनन् । यस्तोमा यो व्यवसायलाई अति प्रभावित क्षेत्रमा वर्गिकरणगरि पुनरकर्जा उपलब्ध गराउने भएको हो ।

यसअघि विभिन्न फोरमहरुमा यातायात व्यवसायीले बैंकको किस्ता तत्काल तिर्न नसक्ने बताउँदै आएका थिए । उनिहरुको समस्या समाधान गर्न आवश्यक रकम पुनरकर्जाको माध्यमबाट दिइने भएको हो ।

अब यसको मापदण्ड निर्धारण गरेर पुनरकर्जा आवस्यक पर्ने सार्वजनिक यातायात संचालन गर्ने कम्पनीहरुले यस्तो कर्जा सुविधा प्रयोग गर्न पाउने छन् ।

‘कोभिड-१९ संकटबाट अति प्रभावित हवाई उड्यान व्यवसाय, यातायात, होटल, रेष्टुरेन्ट लगायतका पर्यटन क्षेत्रका उद्यम-व्यवसाय पुनरुत्थानका लागि चालु पुँजी कर्जा, सहुलियतपूर्ण कर्जा र पुनरकर्जा प्रबाहमा प्राथमिकता दिइने छ’, मौद्रिक नीतिमा उल्लेख गरिएको छ ।


Back_to_top