रेनो ट्राइवर बन्यो कम मूल्यको सुरक्षीत एमपीभी, क्र्यास टेष्टमा पायो ४ स्टार

काठमाडौं । फ्रेन्च अटो कम्पनी रेनोले भारतमा बनाएको एमपीभी ट्राइबरले ग्लोवल एनक्याप क्र्यास टेष्टमा ४ स्टार रेटिङ पाएको छ । उक्त टेस्टमा रेनोको एमपीभीले १७ अंकमा ११.६२ अंक पाएर एडल्ट यात्रीको लागि ४ स्टार पाएको हो । ट्राइभर बालबालीकाको सुरक्षामा भने ४९ अंकमा २७ अंक मात्र प्राप्त गर्न सफल भयो ।

ग्लोवल एनक्यापका अनुसार यो एमपीभीमा पहिलो रोमा बस्ने प्यासेन्जरको टाउको र थाई सुरक्षीत रहने जनाएको छ । यात्रुको छाती र खुट्टा भने केही चोट लाग्ने देखिएको छ । चालकको भने टाउको र खुट्टा सुरक्षीत रहने देखिएको हो । चालकको खुट्टा, छाती तथा थाइमा सामान्ने स्क्राच भएको थियो ।

रेनो ट्राइभर पाँच वा सात सीट भएको एमपीभी हो । यसमा १.० लिटरको ३ सिलिण्डर क्षमताको पेट्रोल इन्जिन रहेको छ । यसको टप भेरियन्टमा अगाडि दुबैतर्फ तथा पछाडि साइडमा दुईवटा सहित चारवटा एयरव्याग दिइएको छ ।

नेपाली बजारमा रेनोको ट्राइबर एडभान्स अटोमोवाइलले बिक्री वितरण गर्दै आएको छ । सस्तोमा मल्टी पर्पोज भेहिकल चाहने ग्राहकहरुको लागि यो एक उत्कृष्ट रोजाई बन्दै आएको छ ।

एड्भान्स अटोमोवाइलले ट्राइबरको आरएक्सइ, आरएक्सएल, आरएक्सटी र आरएक्सजेड भेरियन्ट नेपालमा विक्री गर्दै आएको छ । कम्पनीले आरएक्सई भेरियन्टको मूल्य २८ लाख ७० हजार, आरएक्सएल भेरियन्टको ३० लाख ५० हजार, आरएक्सटी भेरियन्टको ३२ लाख १० हजार र आरएक्सजेड भेरियन्टको ३४ लाख ४९ हजार मूल्य निर्धारण गरेर विक्री गर्दै आएको छ ।


Back_to_top