काठमाडौं । प्रिमियम मोटरसाइकल ब्राण्ड ट्रायम्फ नेपालमा नेटवर्क विस्तारमा आक्रमक बनेको छ ।
नेपालका लागि ट्रायम्फको आधिकारिक बिक्रेता हंशराज हुलाशचन्द एण्ड कम्पनीले पछिल्लो एकसातामै देशका विभिन्न ४ ठाउँमा नयाँ थ्रीएस शोरुम संचालनमा ल्याएको हो ।
कम्पनीले सुदूरपश्चिमको धनगढी, लुम्बिनीको दाङ र बागमतीको हेटौंडा र बौद्धमा नयाँ थ्रीएस शोरुम संचालनमा ल्याएको हो ।
नेपालको मिड प्रिमियम मोटरसाइकल सेग्मेन्टमा एकै हप्तामा चारवटा पूर्ण सुविधा सम्पन्न शोरुम संचालनमा ल्याउनुलाई ट्रायम्फ नेपालले आफ्नो इतिहासकै सबैभन्दा ठूलो विस्तार र पहिलो अभ्यास भनेको छ।
नयाँ शोरुम संचालनमा आएसँगै सम्बन्धित क्षेत्रमा मोटरसाइकल प्रेमीहरूका लागि ट्रायम्फको अनुभव लिन अझ सहज भएको छ । ग्राहकहरूलाई ट्रायम्फको बाइक खरिद र सेवा सम्बन्धी सम्पूर्ण सुविधा एकै ठाउँबाट उपलब्ध हुनेछ ।
नयाँ शोरुममा गहकले ट्रायम्फका मोटरसाइकल हेर्नुका साथै दक्ष प्राविधिकहरूबाट आधिकारिक सर्भिसिङ र ओरिजिनल स्पेयर पाट्र्स सजिलै पाउनेछन्।
सुदूरपश्चिमदेखि मध्य नेपाल र काठमाडौँ उपत्यकासम्मको यो विस्तारले ट्रायम्फको पहुँचलाई झनै फराकिलो बनाएको छ। यसले मिडप्रिमियम बाइक सेग्मेन्टमा ट्रायम्फलाई नेपालकै छिटो विस्तार भइरहेको नेटवर्कका रूपमा स्थापित गरेको छ।
बोद्ध शोरुम उद्घाटन समारोहमा बोल्दै ट्रायम्फ नेपालका म्यानेजर सागर थापाले एक हप्ताभित्र चारवटा पूर्ण थ्रीएस शोरुम थपिनु देशभर ट्रायम्फ समुदाय तीव्र गतिमा बढिरहेको संकेत रहेको बताए ।
‘काठमाडौं उपत्यकाका राइडरहरूका लागि ट्रायम्फ चावहिल(बौद्धको उद्घाटन महत्त्वपूर्ण थप हो। साथै, यो ट्रायम्फ नेपालका लागि अझ ठूलो उपलब्धि पनि हो। केवल एक हप्ताभित्र हाम्रो नेटवर्कमा चारवटा पूर्ण थ्रीएस शोरुम थपिनु देशभर ट्रायम्फ समुदाय तीव्र गतिमा बढिरहेको संकेत हो। हाम्रो मुख्य लक्ष्य जहाँ विस्तार भए पनि राइडरहरूले एउटै छानामुनि मोटरसाइकल मात्र होइन, व्यावसायिक सेवा र वास्तविक स्पेयर पाट्र्स सजिलै पाउन सकून् भन्ने हो,’ उनले भने ।
नयाँ खोलिएका चारै वटा शोरुमले ट्रायम्फको नेटवर्कलाई फरक फरक क्षेत्रमा मजबुत बनाएको उनको भनाइ छ ।

