काठमाडौं । नेपालमा गाडीको इन्जिनले धेरै महत्व राख्ने गर्छ । जति ठूलो इन्जिन त्यति नै धेरै कर तिर्नु पर्ने हाम्रो देशमा टर्बो इन्जिनका सब फोर मिटर एसयूभीहरु उपलब्ध रहेका छन् ।
नेपाल सरकारले इन्जिन क्षमताका आधारमा अन्तःशुल्क लगाउदै आएको छ । यस्तोमा टर्बो इन्जिन भएका कारको अन्तःशुल्क केही कम पर्ने छ भने यसको फाइदा उपभोक्ताले तिर्ने वार्षिक करमा पनि हुने छ । जति कम सीसी भयो उतिनै कम वार्षिक कर लाग्ने छ ।
सरकार राजस्वमा केही फाइदा रहेका टर्बो इन्जिन युक्त गाडीको मज्जा चालकले हाइवेमा पाउन सक्ने छन् । टर्बो इन्जिनले प्रदान गर्ने पावर रेगुल इन्जिनको तुलनामा बढी हुने गर्छ । यस्तोमा नेपाली बजारमा ३ वटा सब फोर मिटर एसयूभीहरु बिक्री वितरण हुँदै आएका छन् । जसमा हुन्डाई भेन्यू, महिन्द्रा एक्सयूभी-३०० र टाटा नेक्सन हुन् ।
महिन्द्रा एक्सयूभी ३०० टर्बो पेट्रोल
टर्बो इन्जिन भएको सब फोर मिटर एसयूभी महिन्द्रा एक्सयूभी ३०० नेपालमा अग्नी इनकर्पोरेट प्रालिले बिक्री गर्दै आएको छ । एक्सयूभी-३०० मा ११९७ सीसी क्षमता टर्बो पेट्रोल इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम ५००० आरपीएममा ११० हर्स पावर र २००० देखि ३५०० आरपीएममा २०० एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीड म्यानुयल गियरबक्स दिइएको छ ।


ग्लोबल एनक्यापले गरेको क्र्यास टेष्टमा एक्सयूभी-३०० ले ५ स्टार रेटिङ्ग पाउन सफल भएको छ । यो एडल्ट र चाइल्ड दुबैको सुरक्षामा अहिलेसम्मकै भारतमा बनेको उत्कृष्ट सब फोर मिटर एसयूभी हो । महिन्द्रा एक्सयूभी-३०० मा सुरक्षा फिचरको रुपमा स्टायडर्ड भेरियन्टमा दुई एयरव्याग, एबीएस, इबीडी, चारै चक्कामा डिस्क ब्रेक, सिट बेल्ट रिमाइन्डर, एयरव्याग एक्टीभेसन स्विच, फ्रन्ट पार्किङ सेन्सर र टप भेरियन्टमा ६ एयरव्याग दिइएको छ ।
महिन्द्राले यसमा किलेस इन्ट्री, पुश वटन स्टार्ट, ७ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, एप्पल कार(प्ले, एन्ड्रोइड अटो, फ्रेब्रिक अपहोल्स्ट्री, लेदर(र्याप स्टेयरिङ्ग ह्वील र गियर नोभ, कन्ट्रोल, रिभर्स पार्किङ्ग क्यामरा गाइडलाइन, सिक्स वे एड्जस्टेबल ड्राइभर सिट, अटो हेडल्याम्प र वाइपरको विशेषता दिइएको छ ।
यसको अलवा, इलेक्ट्रीकल्ली फोल्डेबल ओरभीएमएस, एम्बीएन्ट इन्टेरियर लाइटिङ्ग, वान टचअप डाउन ड्राइभर साइड विन्डो, १७ इन्च आलोय ह्वील, प्रोजेक्टर हेडल्याम्प, एलईडी डीआरएलएस, सिल्भर फिनिश फ्रन्ट एन्ड रियर स्किड प्लेट दिइएको छ । यसको सुरुवाति मूल्य ३९ लाख ७५ हजार रुपैयाँ रहेको छ ।
टाटा नेक्सन १.२ लिटर टर्बो पेट्रोल
टाटा मोटर्सको सर्वाधिक सफल सब फोर मिटर एसयूभी नेक्सन कम सीसीको टर्बो चार्ज्ड पेट्रोल इन्जिनमा आएर सफल भएको पहिलो मोडल हो । नेपालमा सिप्रदी ट्रेडिङले बिक्री गर्दै आएको टाटा नेक्सन सब फोर मिटर सेग्मेन्टमा सफल मध्येको एक मोडल हो ।

टाटा नेक्सन कारमा १.२ लिटर टर्बो पेट्रोल इन्जिन उपलब्ध रहेको छ । सिप्रदी ट्रेडिङले बिक्री वितरण गर्दै आएको नेक्सनमा ११९८ सीसी क्षमताको इन्जिन रहेको छ । उक्त इन्जिनले ५००० आरपीएममा ११० पीएस पावर र १७५० देखि ४००० आरपीएममा १७० एनएमटर्क प्रदान गर्छ । यसमा ६ स्पीड म्यानुयल र अटोमेटिक दुबै अप्सनको गियरबक्स र तीन ड्राइभ मोड उपलब्ध रहेको छ । यसलाई इको, सिटी र स्पोर्ट मोडमा चलाउन सकिन्छ ।
सुरक्षाको हिसावले ग्लोवल एनक्यापमा ५ स्टार रेटिङ्ग निकै सुरक्षीत प्रमाणित यो एसयूभीको आंशिक डिजाइन ल्याण्डरोभर र रेञ्जरोभर इभोकबाट प्रेरित छ । कर्भ डिजाइन, पृथक स्टाइल र स्मार्ट फिचरका कारण एसयूभी मोडलमा नयाँ आयाम ल्याएको टाटाले जनाएको छ ।
यस कारमा ६.५ इञ्चको टच स्क्रिन इन्फोटेनमेन्ट सिस्टम दिइएको छ । यस कारमा एन्ड्रोईड अटो, एप्पल कार प्ले, अटोमेटिक क्लाइमेट कन्ट्रोल, मल्टीफङ्सन स्टेयरिङ ह्वील र पावर विन्डोजस्ता फिचर दिइएको छ ।
कारका अन्य फिचरमा प्रोजेक्टर हेडल्याम्प, एलईडी डे टाइम हेडल्याम्प र एलईडी टेल ल्याम्पयुक्त नेक्सनमा १६ इञ्चको एलोई ह्वील, उत्कृष्ट फिटीङ, ड्यास टप एचडी इन्फोटेन्मेन्ट डिस्प्ले दिइएको छ । यसको नेपाली बजारमा सुरुवाति मूल्य ३५ लाख ५५ हजार रुपैयाँ रहेको छ ।
हुन्डाई भेन्यू १.० लिटर टर्बो पेट्रोल
हुन्डाईले ल्याएको भेन्यूमा १.० लिटर टर्बो चार्ज्ड इन्जिन रहेको छ । ९९८ सीसी क्षमता भएपनि यसको पावर बढी छ । हुन्डाई मोटर्सको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल्स प्रालिले बिक्री गर्दै आएको भेन्यू अहिले निकै चर्चामा रहेको मोडल हो ।

यसमा कम्पनीले आफ्नो चर्चित कपा ड्यूल भिटीभिटी टेक्नोलोजिको इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम ६००० आरपीएममा १२० पीएस पावर र १५०० देखि ४००० आरपीएममा १७१ एनएम टर्क प्रदान गर्नेछ । यसमा ६ स्पीड म्यानुयल गियरबक्स दिइएको छ ।
हुन्डाई भेन्यू सुरक्षाको हिसावले अष्ट्रेलियन एनक्यापमा ४ स्टार रेटिङ्ग पाएको सब फोर मिटर एसयूभी हो । एयरव्याग, एबीएस इएससी, सिटबेल्ट रिमाइन्डर, लेन किपिङ एसिस्ट जस्ता फिचर यसमा रहेका थिए ।
साथै, भेन्यूले इन्डियन कार अफ दि एयर २०१९ को अवार्ड समेत जित्न सफल भएको थियो । भेन्यू हुन्डाईको चर्चित गाडी कोना र सान्ता फेबाट प्रेरित रहेको छ । यसमा हुन्डाईको चर्चित सिग्नेचर ग्रिलको प्रयोग गरिएको छ । गाडीको पछाडिको भाग निकै आकर्षक र स्टाइलिस रहेको छ । यसमा कम्पनीले नयाँ डिजाइनको टेल ल्याम्प दिएको छ ।
इलेक्ट्रीक सनरुफ, वायरलेस फोन चार्जिङ, एयर प्युरिफायर र क्रुज कन्ट्रोल जस्ता फिचर यसमा रहेको छ । भेन्यू स्मार्ट कनेक्टेड गाडी हो । यसमा दिइएको ब्लू लिंक टेक्नोलोजीले गाडी घरमै बसेर कन्ट्रोल गर्न सकिन्छ । यसको सुरुवाति मूल्य ४३ लाख ९६ हजार रुपैयाँ रहेको छ ।


