फुटबल स्टार रोनाल्डोले किने विश्वभर १० यूनिटमात्रै उत्पादन हुने कार, मूल्य ७५ करोड

काठमाडौं । क्रिस्टियानो रोनाल्डोले विश्वकै महंगो कार किनेका छन् । पोर्चुगिज खेलाडी रोनाल्डो यसअघि पनि महंगा गाडीका कारण चर्चामा रहँदै आएका स्टार खेलाडी हुन् । उनिसँग विश्वका प्रायः विलासी र हाइपर कारहरुको ग्यारेज नै रहेको मानिन्छ ।

अहिले इटालीको यूभेन्टसबाट व्यवसायीक फुटबल खेलिरहेका रोनाल्डोले किनेको कार बुगाटीले विश्वभर १० यूनिट मात्र उत्पादन गर्ने जनाएको छ । रोनाल्डोले गाडीसँगको आफ्नो तस्विर इन्ट्राग्राममा राखेर आफ्ना फ्यानलाई देखाएका थिए ।

‘बुगाटी ला भोइटर नाइर’ नाम दिइएको यो कारको मूल्य ५.५ मिलियन पाउण्ड रहेको छ । उक्त रकम नेपाली ७५ करोड रुपैयाँ हुन्छ । यो कारमा ‘सिआर ७’ व्याच प्रदान गरिएको छ । यो रोनाल्डोले लगाउने जर्सीमा दिइने नाम र नम्बर हो ।

उनले किनेको हायपर स्पोर्टस कारको अधिकतम उच्चगति क्षमता ३८० किलोमिटर प्रतिघण्टा रहेको छ । यसले सून्यदेखि ६० किलोमिटर प्रतिघण्टाको रफ्तार केवल २.४ सेकेन्डमा भेट्टाउने छ ।


Back_to_top