काठमाडौं । टिभीएस अपाची ‘आरटिआर २००-४ भि रेसिङ’को नयाँ सिरिज नेपाली बजारमा भोलिबाट आधिकारीक रुपमा सार्वजनिक हुँदैछ ।
नेपालका लागि टिभिएस मोटर्सको आधिकारीक बितरक जगदम्बा मोटर्सले उक्त बाइक बजारमा ल्याएको हो ।
नयाँ कलर अप्शनका साथ बजारमा आएको २०० सीसी क्षमताको यो बाइकमा स्ट्रिट फाइटर रेड ग्राफिकक्सको साथै पहेँलो, रातो कालो आदि कलर भेरियन्टमा उपलब्ध हुने कम्पनिले जनाएको छ ।
‘आरटिआर २००–४भि रेसिङ’ एडियनमा टिभीएसले फ्लाई स्क्रिन, नयाँ ग्राफिक्सका साथै एन्टी रिजर्भ टर्क युनिट जडान गरेको छ । नयाँ विशेषताको साथमा बजारमा आएको अपाची ‘आरटिआर २००-४भि रेसिङ’ धेरै अफोर्डेबल मोटरसाइकलको रुपमा लिइन्छ ।
यसमा लुक्सको अलावा अन्य प्राविधिक परिवर्तन गरिएको छैन । कम्पनीले यसको मूल्य नेपाली बजारमा ३ लाख २५ हजार रुपैयाँ निर्धारण गरेको छ ।