काठमाडौं । चीनले काठमाडौंमा रेल ल्याइदिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा रहेका बेला नेपाल र चीनबीच विद्युतीय कार्गो रेल काठमाडौं ल्याइने सहमति भएको हो ।
नेपाल र चिनियाँ पक्षबीच काठमाडौंमा रेल ल्याउनेसहित १० वटा सहमति भएको छ । साथै थप चार विषयमा नेपाली र चिनियाँ पक्षबीच ‘लेटर अफ एक्सचेन्ज’ समेत भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली खछ्याङबीच ग्रेट हल अफ पिपलमा भएको प्रतिनिधिमण्डल स्तरिय वार्तामा रेलमार्ग निर्माण लगायतका सम्झौता भएको हो । प्रधानमन्त्री केपी ओलीले हरेक जसो भाषणमा रेलका सपना बाँड्दै आएका थिए ।
रेल सम्वन्धी सम्झौतामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र चिनियाँ उप विदेशमन्त्री कङ वान यूले हस्ताक्षर गरेका छन् ।