टीभीएसको बाइक स्टन्ट काठमाडौंमा सुरु

काठमाडौं । भारतको जयपुरबाट आएका प्रख्यात स्टन्ट राइडर टिम उपत्यकाको बग्गीखानामा आज बाइक स्टन्ट कार्यक्रम आयोजना गरिरहेका छन् । ‘स्टिल साइलेन्सर्ज’ बाइक स्टन्टको लागि निकै नै लोकप्रिय युवाहरुको समूह हो । हाल यो टीभीएस इन्डियाको अफिसियल स्टन्ट राइडरको रुपमा परिचित छ ।

 ‘अपाचे प्रो पर्फमेन्स’ नाम दिइएको यो स्टन्ट शो टीभीएस मोटरसाइकलको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले आयोजनामा गरेको हो । 

आज ४ बजेबाट हुने भनिएकोमा करिब १ घन्टा ढिलो गर्दै अहिले बेलुका ५ बजेबाट उक्त शो सुरु भएको छ । 

विश्व बजारमा टीभीएसको अपाचे सिरिज आरटीआरका ३० लाख भन्दा बढी बाइक पुगेको उपलक्ष्यमा उक्त स्टन्ट राइड शो आयोजना गरिएको कम्पनीले जनाएको छ । 


Back_to_top