जनरल मोटर्सले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकोलागि विशेष किसिमको लिमो निर्माण गरेको छ । विश्वको शक्तिशाली व्यक्तिले चढ्ने सो लिमो अत्यन्तै महंगो रहेको जनाइएको छ ।
विशेषरुपमा बनाइएको उस्तै देखिने दुईवटा लिमोकाबारेमा जनरल मोटर्सको काडिल्याक मोटर कार डिभिजनले केही पनि बताउन चाहेको छैन ।
यसलाई अमेरिकी राष्ट्रपतिको विशेष सुरक्षा दस्ता सिक्रेट सर्भिस एजेन्सीले सञ्चालन गर्छ । अमेरिकी राष्ट्रपतिको सडक यात्रामा प्रयोग गरिने यो लिमोलाई ‘द बिस्टको’ नामले चिनिन्छ ।
सिक्रेट सर्भिसले राष्ट्रपतिको सवारीमा सुरक्षाका कारणले यो लिमो एकैपटक सँगसँगै २ वटा गुडाउने गर्छ । दुईवटामा कुनमा राष्ट्रपति सवार छन् भन्ने कुरा सिक्रेट सर्भिसका अधिकृतहरू बाहेक कसैलाई पनि थाहा हुँदैन ।

यो नयाँ लिमोकाे अमेरिकी राष्ट्रपति ट्रम्पले गत आइतबार युनाईटेड नेसनको महासभामा सहभागी हुदाँ न्यूर्योकमा पहिलोपटक प्रयोग गरेका थिए । निर्माता कम्पनीले ‘द बिस्ट’का बारेमा केही नबताए पनि सिक्रेट सर्भिस एजेन्सीले यस लिमोको विषयमा केही जानकारीहरू बाहिर ल्याएको छ ।
यसमा प्रयोग भएको टायरहरू बसका टायरहरू जत्रै छन् भने पङ्चर भएको अवस्थामा पनि कयौँ किलोमिटरसम्म आरामले चल्न सक्नेछन् ।
यसको इन्टेरिएर एकदमै आरामदायी रहेकोमा कुनै शंका छैन । यसका सिटहरूमा लेदर कवरको सट्टामा डार्क–ब्लू कपडाले मोरिएको छ । यसको बीच भागमा फोल्डिङ्ग डेस्क रहेको छ, जसले दुवै साइटमा बस्नेले आरामसँग पेपरवर्क गर्न सक्नेछन् ।
यसमा इलेक्ट्रोनिक कम्युनिकेशनको सम्पूर्ण सुविधा रहको छ । यो कारमा एकैपटक बढीमा १० जनासम्म सवार हुन सक्नेछन् । यसको इन्टेरियर केमिकल अट्याक भएको अवस्थामा सिल्ड गर्न मिल्नेछ । अर्थात् केमिकल अट्याकमा पनि राष्ट्रपति सुरक्षित रहनेछन् ।
यसको एक्सटेरिएर एकदमै सुरक्षित बनाएको छ, जसलाई बम वा अन्य हमला हुँदापनि केही हुँदैन । यसको बडी आर्मोड–प्लेटेड ८ इञ्च बाक्लो स्टीलले बनेको छ भने सीसाहरू ५ लेयरको मोटो पोलि–कार्बोनेटले बनेको बूलेट–प्रुफ रहेको छ ।
यसको ढोकाको वजन वोइङ–७५७ को जतिकै रहेको छ । यसमा प्रयोग भएको टायरहरू बसका टायरहरू जत्रै छन् भने पङ्चर भएको अवस्थामा पनि कयौँ किलोमिटरसम्म आरामले चल्न सक्नेछन् । यसको फ्यूल ट्याङ्की पनि स्पेशल फोमले सिल्ड गरिएको छ, जसलाई गोली वा बम लागेमा पनि केही हुनेछैन ।
यसअघिको लिमो सन् २००९ मा बाराक ओवामा ह्वाईट हाउसको प्रवेशसँगै राष्ट्रपतिको प्रयोगमा आएको थियो ।
नाइटभिजन सिस्टम रहेको यसमा अन्य व्यक्ति कारमा प्रवेश गर्ने उद्देश्यले डोरह्याण्डल छोएमा करेन्ट–सक लाग्नेखालको बनाइएको छ । यसले हुलमूलमा आक्रमण हुन लाग्यो भन्ने लागेमा आफै टियर ग्याँस पनि फायर गर्ने छ । यसमा रहेको रेफ्रीजेरेटरमा राष्ट्रपतिको ब्लड ग्रुपसँग म्याच हुने ब्लड रहेको हुन्छ ।
जनरल मोटर्सले सन् २०१४ देखि २०१७ सम्ममा प्रेसिडेन्सीयल लिमोको विकास गर्न १५.८ मिलियन डलरको दुईपटक कन्ट्याक पाएको थियो, जसमा सबै कस्ट समावेश भएको थियो या थिएन भन्ने कुरा खुलाइएको छैन ।
सन् १९८० देखि प्रेसिडेन्सीयल लिमो–काडिल्याक हुने गरेको छ । यसअघिको लिमो सन् २००९ मा बाराक ओवामा ह्वाईट हाउसको प्रवेशसँगै राष्ट्रपतिको प्रयोगमा आएको थियो ।
अझ रोचक कुरा के छ भने यसको आफ्नै हवाईजहाज पनि रहेको छ । किनकी राष्ट्रपति जहाँ जाँदा पनि यसैमा सवार हुने चलन रहेकोले राष्ट्रपतिको भ्रमण अमेरिकाभरि वा बाहिरी मुलुक जहाँ भए पनि बोइङ कम्पनीको सी–१७ ग्लोव–मास्टर जहाजले यसलाई राष्ट्रपतिभन्दा अघि त्यहाँ पुर्याइसकेको हुन्छ ।


