यामाहाले आफ्नो नयाँ बाइक वाइजेडएफ–आर३को इन्डोनेशियामा प्रि–प्रोडक्सन टेस्ट गरिएको छ । २०१९ को पहिलो क्वाटरमा अन्तर्राष्ट्रिय बजारमा उतार्ने तयारी गरिरहेको कम्पनीले अबको केही समयभित्रै परिक्षण उत्पादन सक्ने अनुमान गरिएको छ ।
कम्पनीले सार्वजनिक नगरेपनि यसको प्याटेन्ट दर्ता गरिएको तस्विर लिक भएको छ । तस्विरमा देखाइएको यामाहा वाइजेडएफ–आर३मा ३२१ सीसी क्षमताको नयाँ इन्जिन दिइएको छ भने यसको बाहिरी आवरणपनि निकै परिर्वतन गरिएको छ ।
यसमा प्रयोग गरिएको डिजाइन अष्ट्रेलिया र टर्कीमा रहेको प्याटेन्ट कार्यलयहरुमा पनि प्रयोग गरिएको छ । बजारमा यो मोटरसाइकल २०१९ मा आउनेछ ।
नयाँ मोडल YZF-R3मा आर–१५मादिइएको धेरै विशेषताहरुलाई दोहोर्याइएको छ । यो बाइकको अप फ्रन्टमा डुअल फुल–एलइडी हेडलाइट, बीच भागमा एयर–इन्टेक राखिएको छ ।
बाइकलाई प्रिमियम क्वालिटीको बनाइने कम्पनीले दाबी गरेको छ भने अपसाइड–डाउन टेलिस्कोप सस्पेन्सन राखिएको छ । इन्डियन–स्पेक २०१८ वाइजेडएफ–आर१५मा यूएसडी सेटअप गरिएको छैन । जुन कुरा YZF-R3ले पनि फलो गरेको छैन ।
अल न्यू डिजाइनमा निर्माण भइरहेको यो बाइकको फ्रन्ट ब्लिङकरको पनि रिपोजिसन गरिएको छ । फ्यूल ट्याङ्क डिजाइन लिटल क्लास वाइजेडएफ–आरआइसँग प्रेरित छ ।
वाइजेडएफ–आर३मा ३२१ सीसी लिक्विडकुल ४ स्ट्रोक, २ सिलिन्डर, फ्यूल इन्जेक्टेड इन्जिन प्रयोग गरिएको छ, जसले ४२ पीएस पावरका साथै २९.६ एनएम टर्क उत्पादन गर्छ ।


