ईभी मोडल निर्माणका लागि टाटा पावर र एचपीसीएल सहकार्य

काठमाडौं । टाटा मोटर तथा हिन्दुस्तान पेट्रोलियम कर्पाेरेशन लिमिटेडले भारतमा इलेक्ट्रीक ह्वीकल चार्जिङ स्टेशन स्थापित गर्न एमओयूमा हस्ताक्षर गरेका छन् । सहकार्यअनुरुप दुबै कम्पनीले भारतमा इलेक्ट्रीक सवारीसाधनका लागि चार्जिङ स्टेशन स्थापना गर्नेछन् । यसमार्फत् इकार, ई–रिक्सा, ई–बाइक तथा ई–बस चार्ज गर्न सहज हुने कम्पनीहरूको विश्वास छन् ।

 सन् २०१७ मा नीति आयोग दिल्लीले एनसीआरमा १३५ इलेक्ट्रीक चार्जिङ स्टेशन स्थापना गर्ने प्रतिवद्धता व्यक्त गरेको थियो । यसमा ४६ डीसी फास्ट चार्जिङ स्टेशन तथा ८९ एसी स्टेशन लगाउने सहमति भएको थियो । यद्यपि, यो योजनाबारे कुनै अपडेट भने भएको छैन ।

पछिल्लो वर्ष भारतमा क्याब प्रोभाइड कम्पनी ओलाले नागपुरमा पहिलो ईभी चार्जिङ स्टेशन लगाएको थियो । तर, भारतीय बजारमा ईभी मोडलको मूल्य अत्याधिक बढी हुनुकासाथै लामो समयसम्म चार्जिङको लागि कुर्नुपर्ने समस्याका कारण स्टेशन हटाइएको थियो । 


Back_to_top