टीभीएसले मोटरसाइकल र स्कुटरमा क्यामेरा दिने, यस्तो छ काम

काठमाडौं । सडक सुरक्षाको मामलामा सधैँ आलोचना हुने दुई पाङ्ग्रे सवारीसाधनलाई सुरक्षीत बनाउन विभिन्न कम्पनीहरुले काम अगाडि बढाइरहेका छन् । त्यसमध्ये टीभीएस इन्डियाले आफ्ना स्कुटर र मोटरसाइकललाई सुरक्षीत बनाउन काम गरिरहेको जनाएको छ ।

कम्पनीका प्रेसिडेन्ट भिनय हानेका अनुसार टीभीएसले आर्टिफिसियल इन्टिेलीजेन्टमा आधारित सुरक्षा फिचर दिएर आफ्ना उत्पादन बजारमा ल्याउने छ । त्यसको लागि कम्पनीले क्यामेरामा आधारित हेलमेट रिमाइन्डर निर्माणमा काम गरिरहेको हो ।

‘हामी दुई पाङग्रे साधन कसरी बढी सुरक्षीत बनाउन सकिन्छ भनेर काम गरिरहेका छौं । त्यसको लागि क्यामारामा आधारित हेल्मेट रिमाइन्डर निर्माण गर्ने काम भइरहेको छ’, हानेले भने ।

मोटरसाइकल र स्कुटरमा डिजिटल क्लष्टरसँगै रहने क्यामेराले हेलमेट लगाए-नलगाएको देख्ने छ । यदि हेलमेट नलगाई तपाई मोटरसाइकल वा स्कुटर चलाउन लाग्नु भयो भने साधन गुड्ने छैन । केही महिना भित्रै नयाँ टेक्नोलोजी प्रयोगमा ल्याउने तयारी टीभीएसले गरिरहेको छ ।

टीभीएसले यो टेक्नोलोजीको प्रयोग सबैभन्दा पहिला आरआर ३१० र आईक्यूव इलेक्ट्रीक स्कुटरमा गर्ने अनुमान गरिएको छ । दुबै मोडलमा टीएफटी डिस्प्ले पाउन सकिन्छ ।

भारतको केलर राज्यमा त्यहाँको प्रदेश सरकारले पुरै सडकमा एआई टेक्नोलोजीमा आधारित क्यामेरा जडान गरेपछि हेलमेट नलगाउनेहरु कारवाहीमा परेका थिए । त्यसैले धेरै मानिस हेलमेट नलगाई दुई पाङ्ग्रे साधन चनाउन थालेको भन्दै कम्पनीले मोटरसाइकलमा नै रिमाइन्डर दिने क्यामेरा जडान गर्न लागेको हो ।


Back_to_top