टीभीएसका मोटरसाइकल र स्कुटर किन्दा १५ लाखसम्म पाइने

काठमाडौं । टीभीएसको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ‘नयाँ युगको आरम्भ’ स्कीम ल्याएको छ । कम्पनीले आउँदै गरेको दशैं, तिहार र छठ जस्ता चाडपर्वलाई लक्षित गर्दै उक्त स्कीम ल्याएको हो ।

यस योजना अन्तर्गत ग्राहकले टीभीएसको मोटरसाइकल तथा स्कुटरको खरिदमा १५ लाख रुपैयाँसम्म जित्न सक्ने भएका छन् ।

कम्पनीका अनुसार ग्राहकले मोटरसाइकल वा स्कुटर खरिद गर्नु अघि नै स्क्र्याचमार्फत ५ लाख रुपैयाँ र फेरि मोटरसाइकल वा स्कुटर किनिसकेपछि थप १० लाख रुपैयाँसम्म जित्ने मौका पाउने छन् ।

यसका अलावा ग्राहाकले हरेक हप्ता १०० प्रतिशत क्यास ब्याक जित्नसक्ने कम्पनीले जनाएको छ ।साथै, कम्पनीले लाइफटाइम वारेन्टीका साथै आफूसंग भएको पुरानो मोटरसाइकल वा स्कुटरको अन् द स्पट एक्सचेन्ज सुविधा दिएको छ भने ग्यारेन्टर बिनाको इजी फाइनान्स सुविधा पनि उपलब्ध गराउने छ ।

आइतबारदेखि सुरू भएको यो योजना सीमित अवधिका लागि देशभरका टीभीएसका आधिकारिक शोरुमहरूमा लागू हुनेछ ।

टीभीएसले ‘मेरो साथी’ एप मार्फत बुकिङ सेवाहरू, स्पेयर पार्ट्स अर्डरदेखि टीभीएससँग जोडिन र विशेष अफरहरू बारे सूचना प्रदान गर्ने सम्पूर्ण सुविधाहरू उपलब्ध गराउने जानकारी दिएको छ ।


Back_to_top