टीभीएसको एड्भेन्चर मोडल फियरो

काठमाडौं । टीभीएस मोटर्स इन्डियाले ‘बीग बाइक सेग्मेन्ट’मा पहिलो मोडलको असफलताका बाबजुद हार नखाने प्रण नै गरेको छ । केही वर्ष अगाडि नै बजारमा आएको टीभीएस अपाचे आरआर ३१० ले राम्रो बजार लिन नसकेपनि कम्पनीले बीग बाइक सेग्मेन्टमा नयाँ प्रयोग गर्ने भएको हो ।

टीभीएससँग भारतमा बीएमडब्लूले सहकार्य गर्दै आएको छ । यही सहकार्यको फाइदा टीभीएसले पनि बीग बाइक सेग्मेन्टमा लिन खोजेको देखिन्छ । त्यसैले कम्पनीले बीएमडब्लू ३१० जीएसमा आधारित रहेर नयाँ एड्भेन्चर मोटरसाइकल फियरो ल्याउन लागेको हो ।

कम्पनी यसअघि नै फियरोको पेटेन्ट दर्ता गरिसकेको छ । योसँगै विभिन्न कलाकारहरुले फियरोको रेन्डर इमेजहरु बनाएर सार्वजनिक गरेका छन् । यही क्रममा प्रल्युस राउतले बनाएको इमेज अहिले चर्चामा रहेको छ । सेतो, रातो र खैरो कलरमा बनाइएको फियरोको इमेज आकर्षक देखिन्छ ।

टीभीएस फियरोमा ३१२.२ सीसीको फायर क्रयाकर सिंगल सिलिण्डर इन्जिन रहने अनुमान गरिएको छ । उक्त इन्जिनले ३३.५२ हर्सपावर र २७.३ न्यूटन मिटर टर्क जेनेरेट गर्छ । ६ स्पीड गियरबक्स रहने यो बाइकको थ्रोटल भने नयाँ टेक्नलोजीको ‘राइड बाइ वायर‘ सिस्टमको हुने अनुमान गरिएको छ ।


Back_to_top