काठमाडौं । जापानी उत्पादक यामाहाले नयाँ स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले थाइल्याण्डबाट फाजियो १२५ स्कुटर सार्वजनिक गरेको हो ।
निकै क्लासिकल लुक्समा देखिएको फाजियो १२५ मा पुरानो डिजाइनको राउण्ड सेपको हेडलाइट दिइएको छ । निलो, रातो, महेँलो र ग्रे कलरमा उपलब्ध गराइएको स्कुटरमा नयाँ सिलिण्ड्रीकल सेपको टर्न इन्डिकेटर, डिउल टोन फ्रन्ट एप्रोन, ब्रड फ्रन्ट मडगार्ड तथा फ्ल्याट सिट डिजाइनमा उपलब्ध छ ।
धेरै प्रकारका कनेक्टेड टेक फिचर, एलइडी लाइट र पूर्ण डिजिटल इन्ट्रुमेन्ट क्लस्टर फाजियो १२५ मा उपलब्ध रहेका छन् । यसमा स्मार्ट कि समेत दिइएको छ ।
यामाहाले फाजियो १२५ मा अगाडि टेलीस्कोपीक फर्क र रियरमा स्विङग्राम सस्पेन्सन सेटअप रहेको छ । स्कुटरको अगाडि डिस र पछाडि ड्रम ब्रेक दिएको छ । यामाहाले यो स्कुटरमा युनिफाइड ब्रेकिङ सिस्टम दिएको छ ।
फाजियो १२५ मा १२ इन्चको ह्वील दिइएको छ भने १२५ सीसीको इन्जिन उपलब्ध छ । उक्त इन्जिनले अधिकतम ८.४ हर्सपावर र १०.६ एनएम टर्क प्रदान गर्छ । यसमा भि–वेल्ट अटोमेटीक गियरबक्स उपलब्ध रहेको छ ।

