टीभीएसको स्कुटरमा ब्याज नलाग्ने स्कीम, मासिक किस्ता ७ हजार

काठमाडौं । टीभीएसको आइक्यूब इलेक्ट्रीक स्कुटरमा ‘एक्सचेन्ज अफर’ सुरु भएको छ । नेपालको लागि टीभीएसको आधिकारीक बिक्रेता जगदम्बा मोटर्सले इलेक्ट्रीक स्कुटर ‘आइक्यूब’मा एक्स्चेन्ज अफर ‘एक्स्ट्राभागन्जा’ नामक स्कीम ल्याएको हो ।

कम्पनीले ल्याएको अफरमा आइक्यूब स्कुटर खरिद गर्न चाहने ग्राहकले आफुसँग भएको पुरानो मोटरसाइकल तथा स्कुटरसँग नयाँ इलेक्ट्रीक आइक्यूब स्कुटर एक्स्चेन्ज गर्दा २५ हजार रुपैयाँ थप मुल्याङ्कन दिने जनाएको छ ।

त्यस्तै, ग्राहकको सहजताको लागि कम्पनीले ५० प्रतिशत डाउन पेमेन्टमा शुन्य प्रतिशत ब्याजदरमा नै कर्जा सुविधा उपलब्ध गराउने जनाएको छ । यसरी बीना ब्याजको स्कीममा स्कुटर खरिद गर्ने ग्राहकले ३० महिनाको किस्ता सुविधा पाउने छन् ।

अहिले बजारमा ४ लाख २९ हजार ९०० रुपैयाँ मूल्य तोकेर बिक्री हुँदै आएको आइक्यूब स्कुटरको खरिदमा ग्राहकले निःशुल्क एशोसरिज समेत फ्रिमा दिने बताएको हो । आइक्यूब खरिद वा एक्स्चेन्ज गर्न चाहने ग्राहकले यो अफर टीभीएसको काठमाडौंमा रहेका सबै आधिकारीक शोरुमहरुमा चलिरहेको छ ।

कति पर्छ मासिक किस्ता

कम्पनीको ब्याज नलाग्ने स्कीममा स्कुटर किन्ने ग्राहकले मूल्यको ५० प्रतिशत रकम डाउन पेमेन्ट वापत सुरुमै बुझाउनु पर्छ । डाउन पेमेन्ट जति नै २ लाख १४ हजार ९५० रुपैयाँ कर्जा सुविधा पाइन्छ ।

यसरी लिएको कर्जा ३० किस्तामा भुक्तानी गर्दा मासिक ७ हजार १६५ रुपैयाँ पर्न आउँछ ।


Back_to_top