टीभीएसको ‘अचम्मैको महा एक्सचेन्ज’ मेला भोलिदेखि सुरू हुने

काठमाडौं । टीभीएसको मोटरसाइकल तथा स्कुटरमा भोलिदेखि ‘अचम्मैको महा एक्सचेन्ज’ मेला संचालन हुने भएको छ ।

नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा माटर्सले काठमाडौंको भृकुटीमण्डपमा असोज १२ देखि १८ गतेसम्म एक्सचेन्ज आयोजना गर्ने भएको हो ।

पुरानो मोटरसाइकल तथा स्कुटरसँग नयाँ टीभीएस साट्न सकिने गरी संचालन हुने उक्त एक्सचेन्ज मेलामा ग्राहकले विभिन्न आकर्षक अफर तथा सुविधा प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

मेलामा पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी नयाँ टीभीएस खरिद गर्दा १०० प्रतिशतसम्म क्यासब्याक, गोल्ड की वा १० लाख रुपैयाँसम्मको क्यास डिस्काउन्ट लगायतका विभिन्न अफर उपलब्ध हुने छ ।

त्यस्तै, ग्राहकलाई पुरानो सवारी साधनको उच्चतम मूल्यांकनको सुविधा उपलब्ध गराउन कम्पनीले ५० भन्दा बढी भ्यालुएटरको व्यवस्था गरेको छ । साथै, मेलामा हरेक दिन दुई जना भाग्यशाली ग्राहकले ५ वर्षसम्मको निःशुल्क सर्भिस पाउने व्यवस्था पनि गरिएको छ ।

नयाँ टीभीएस खरिदका लागि सहज फाइनान्स सुविधा समेत उपलब्ध छ । कम्पनीका अनुसार नागरिकता र लाइसेन्सका आधारमै फाइनान्स मार्फत मोटरसाइकल तथा स्कुटर किन्न सकिन्छ ।

उक्त मेलामा कम्पनीले एक्सचेन्ज र खरिदबिक्रीसँगै ग्राहकका लागि जिमखाना, टेस्ट राइड, गेम्स तथा फुड स्टल लगायतका मनोरञ्जनात्मक गतिविधि पनि संचालन गर्ने छ ।


Back_to_top