टीभीएसको नयाँ अफरः १००% क्यासब्याक वा बिना व्याजमा कर्जा

काठमाडौं । टीभीएस मोटरसाइकल तथा स्कुटरको नेपालको लागि आधिकारीक वितरक जगदम्वा मोटर्सले नयाँ अफर ल्याएको छ । कम्पनीले टीभीएस अपाचे सिरिजको खरिदमा १०० प्रतिशतसम्मको क्यासब्याक अफर ल्याएको हो ।

यो योजनामा मोटरसाइकल खरिदगर्दा ग्राहकले मोटरसाइकल खरिद गर्नु अघि नै ५ हजारसम्मको नगद जित्न सक्नेछन् । यस्तै मोटरसाइकल खरिद पश्चात् १०० प्रतिशतसम्मको क्यासव्याक जित्ने अवसर प्राप्त गर्नेछन् ।

यसका अलावा कम्पनीले शून्य प्रतिशत व्याजदरमा टीभीएस अपाचे सिरजका मोटरसाइकल खरिद गर्न सक्नेछन् । यो योजनमा भने अपाचे आरआर ३१० भने समावेश नगरिएको कम्पनीले जनाएको छ ।

ग्राहकले क्यासब्याक अफरमा मोटरसाइकल गर्ने वा शून्य प्रतिशत व्याजदरमा मोटरसाइकल खरिद गर्ने दुई मध्ये एक अफर छनोट गर्न पाउने छन् ।

यो योजना कम्पनीले अपाचे सिरिजमा मात्र लागुहुने समेत जनाएको छ । स्कुटरमा भने यो योजना लागु नहुने कम्पनीले जानकारी दियो ।

जगदम्बा मोटर्सले नेपाली जबारमा टीभीएस अपाचे आरटीआर १६०, १६० २ भी, १६० ४ भी, २०० ४ भी, आरआर ३१०, रेडियन स्ट्राइकर जस्ता मोटरसाइकल बिक्री गर्दै आएको छ ।

त्यस्तै स्कुटर तर्फ जुपीटर, जेष्ट, ड्याज, वीगो, एनटर्क जस्ता स्कुटर बिक्री गरिरहेको छ ।


Back_to_top