काठमाडौं । टीभीएसको पछिल्लो उत्पादन एनटर्क रेस एडिसन नेपाली बजारमा सार्वजनिक भएको छ । कम्पनीले आफ्नो नक्साल स्थित शोरुममा एक कार्यक्रम आयोजना गरि एनटर्क रेस एडिसन सार्वजनिक गरेको हो ।
उक्त कार्यक्रममा बोल्दै जगदम्वा मोटर्सका भाइस प्रेसिडेन्ट दिपक अग्रवालले भने, ‘नेपाली बजारमा छोटो समयमा नै नेपाली यूवाहरुको मन जित्न सफल भएको यो स्कुटरको नयाँ भर्सन एनटर्क रेस एडिसन सार्वजनिक गरेका छौं । यो रेसिङ डिएनए भएको स्टाइलीस स्कुटरले सबै वर्गका ग्राहकको मन जित्नेछ ।’
क्रिसमस र नयाँ बर्ष २०२० लाई लक्षीत गरेर नेपाली बजारमा ल्याइएको एनटर्क रेस एडिसनको मूल्य २ लाख ४६ हजार ९०० रुपैयाँ निधार्रण गरेको छ । यसै अवसरमा कम्पनीले प्रि–बुकिङ गर्ने १० जना ग्राहकलाइ स्कुटर हस्तान्तरण गरेको छ ।

नटर्क १२५ रेस एडिसनमा नयाँ एलइडी सेटअप दिइएको छ । नयाँ डिजाइनको एलइडी हेडल्याम्पले रातीको समयमा यात्रा गर्न राम्रो प्रकाश दिने छ ।
एनटर्कको रेगुलर मोडलमा रहेको टी सेप टेलल्याम्पलाई नयाँ मोडलमा समेत निरन्तरता दिइएको छ । आर्कषक डिजाइनमा दिइएको डे–टाइम रनिङ एलइडी हेडल्याम्पले यो स्कुटरलाई अझै स्पोर्टी बनाएको छ ।
कम्पनीले एनटर्क १२५ मा कुनै मेकानिकल परिर्वतन भने गरेको छैन । एनटर्क १२५ मा १२४.७ सीसी सिगंल सिलिन्डर, एयर कूल्ड इन्जिन रहेको छ । यसले ९.५ पीएस तथा १०.५ एनएम टर्क जेनेरेट गर्छ ।
यसमा स्मार्ट एक्सकनेक्ट द्धारा ब्लुटुथ कनेन्ट गरी कल डिटेल, जीपीएस, हाजार्ड लाइट जस्ता फिचरको प्रयोग गर्न सकिन्छ ।


