टीभीएस एनटर्क बन्यो नेपालमा सर्वाधिक विक्री हुने स्कुटर, यस्तो छ आयात

काठमाडौं । केही समय अगाडि प्रिमियम सेग्मेन्टमा धेरै विक्री हुने स्कुटर बन्न सफल भएको स्कुटरले नयाँ सफलता हात पारेको छ । टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले केही समय अगाडि उक्त दावी गरेको थियो ।

२०२० को डाटालाई आधार मानेर हेर्दा टीभीएस एनटर्क नेपाली बजारमा सर्वाधिक विक्री हुने स्कुटर भएको छ । जनवरी २०२० देखि १५ डिसेम्वर २०२० सम्ममा आयात डाटाका आधारमा एनटर्क सबैभन्दा धेरै विक्री हुने स्कुटर बन्न सफल भएको हो ।

पछिल्लो समय नेपाली बजारमा सार्वधिक विक्र हुने होन्डा डिओलाई समेत एनटर्कले पछाडि पारेको हो । एनटर्क २०२० मा १७ हजार ५३८ यूनिट आयात भएको देखिन्छ । टीभीएस एनटर्क होन्डा डिओ भन्दा ५ हजार यूनिट भन्दा धेरैले अगाडि रहेको छ ।

यस्तो छ स्कुटर

कम्पनीले हालैमात्र सार्वजनिक गरेको बीएस ६ भर्सनको मूल्य २ लाख ७७ हजार ९०० रुपैयाँ रहेको छ । यसको बीएस ४ को मूल्य २ लाख ५५ हजार रुपैयाँ रहेको छ । यसको ड्रम भर्सनको मूल्य २ लाख १५ हजार ९०० रुपैयाँ रहेको छ भने डिस्क भर्सनको मूल्य २ लाख ३९ हजार ९०० रुपैयाँ रहेको छ ।

बीएस ६ एनटर्क १२५ मा १२४.८ सीसी, ३ भल्भ, एयरकुल्ड, एफआई इन्जिन रहेको छ । यो इन्जिनले ७००० आरपीएममा ९.१ बीएच पावर तथा ५५०० आरपीएममा १०.५ एनएम टर्क जेनेरेट गर्छ । अपडेटेड स्कुटरमा ०.८ लिटर इन्धन क्षमता थप गरिएको छ । बीएस ६ एनटर्कमा ५.८ लिटर इन्धन राख्न सकिने भएको छ ।

यो स्कुटरमा टीभीएस स्मार्ट कनेक्टको सहायतामा नेभिगेसन, अन्तिम समयमा पार्किङ गरेको स्थान, कल तथा एसएमएस नोटिफिकेसन जस्ता फिचर रहेको छ । यसका अलावा यसमा राइड स्टाटिस्टीक्स, ल्याप टाइमर, ०-६० एशेलेरेसन टाइमर तथा मोड परिवर्तन गर्न सकिने छ ।

सस्पेन्सलाई कम्पनीले बीएस(४ बाट नै निरन्तरता दिएको छ । फ्रन्टमा टेलिस्कोपिक तथा रियरमा ग्यास चार्जड मोनोसक सस्पेन्सन रहेको छ । यो स्कुटरको फ्रन्टमा २२० एमएमको डिस्क ब्रेक रहेको छ भने रियरमा १३० एमएम ड्रम ब्रेक रहेको छ ।
यसमा फुल डिजिटल एलसीडी कन्सोल, फुल एलइडी हेडलाइट तथा टेल लाइट जस्ता फिचर रहेको छ ।


Back_to_top