काठमाडौं । नेपाली बजारमा आक्रामक बिक्री र शाखा विस्तार गर्दै अगाडि बढेको टीभीएसको रेसमा कोरोना भाइरसले धक्का दिएको छ । हाल टीभीएस नेपाली बजारमा सर्वाधिक बिक्री हुने ५ मोटरसाइकल कम्पनी मध्यमा पर्छ ।
अहिले टीभीएसले आफ्नो ९ मोडलका मोटरसाइकल तथा ५ मोडलका स्कुटर नेपालमा बिक्री गर्दै आएको छ । साथै, कम्पनीले दुई नयाँ मोटरसाइकल पनि सार्वजनिक गर्ने तयारी गरेको अबस्थामा लकडाउन सुरु भएको हो ।
अब लकडाउन अन्त्य भएसँगै टीभीएसको नेपालका लागि आधिकारिक वितरक जगदम्वा ग्रुपले टीभीएस आरटीआर २०० र १६० ४भी मोटरसाइकलको एबीएस भर्सन सार्वजनिक गर्ने बताएको छ ।
हाल नेपाली बजारमा टीभीएसको अपाचे सिरिजमा विभिन्न ५ मोडलका मोटरसाइकल बिक्री वितरण भइरहेको छ ।
अपाचे आरआर ३१०
टीभीएसको फ्ल्यागशिप मोटरसाइकल अपाचे आरआर ३१० विगत २ वर्षदेखि बिक्री भइरहेको छ । यो सेग्मेन्टका मोटरसाइकलको नेपाली बजार हिस्सा सानो रहेको छ ।

आरआर ३१० मा ३१२ सीसी सिगंल सिलिन्डर, लिक्वीड कुल्ड, एफआइ इन्जिन रहेको छ । यो इन्जिनले ३४ बीएच पावर तथा २७ एनएम टर्क जेनेरेट गर्छ । ६ स्पीडको गियरबक्स रहेको यो मोटरसाइकलमा डबल च्यानल एबीएस तथा स्मार्ट कनेक्टिभिटी जस्ता फिचर रहेको छ । यो मोटरसाइकलको मूल्य ७ लाख ७९ हजार ९ सय रुपैयाँ रहेको छ ।
अपाचे आरआर २०० ४ भी २.०

टीभीएस अपाचे आरआर २०० ४ भी २.० नेपालमा लोकिप्रिय रहेको छ । यो मोटरसाइकलमा १९७.८ सीसी, सिगंल सिलिन्डर एफआई इन्जिन रहेको छ । यो इन्जिनले ८५०० आरपीएममा २०.२० बीएच पावर तथा ७५०० आरपीएममा १६.७ एनएम टर्क जेनेरेट गर्छ । यो मोटरसाइकलमा ५ स्पीडको गियरबक्स रहेको छ । यसको मूल्य ३ लाख २४ हजार ९ सय रुपैयाँ रहेको छ ।
अपाचे आरटीआर १६० ४ भी

टीभीएसको सार्वाधिक सफल मोटरसाइकल १६० ४ भीमा १५९.७ सीसी सिगंल सिलिन्डर आयल कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले १६.२८ बीएच पावर तथा १४.८ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स रहेको छ । यो मोटरसाइकलको मूल्य २ लाख ८८ हजार ९सय रुपैयाँ रहेको छ ।
अपाचे आरटीआर १८०

अपाचे आरटीआर १८० मा १७७ सीसी सिगंल सिलिन्डर,एयर कुल्ड, कार्वुरेटर इन्जिन रहेको छ । यो इन्जिनले १६.५ बीएच पावर तथा १५.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियर बक्स जडान गरिएको छ । यसको मूल्य २ लाख ७९ हजार ९ सय रुपैयाँ रहेको छ ।
अपाचे आरटीआर १६०

अपाचे आरटीआर १६० मा १५९ सीसी सिगंल सिलिन्डर, एयर कुल्ड, कार्वुरेटर इन्जिन रहेको छ । यो इन्जिनले १५.३० बीएच पावर तथा १३.९ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियर बक्स जडान गरिएको छ । यसको मूल्य २ लाख ६८ हजार ९ सय रुपैयाँ रहेको छ ।


