काठमाडौं । क्रुजर सेग्मेन्ट अन्तर्गत टीभीएसले नेपाली बजारमा नयाँ मोटरसाइकल सार्बजनिक गरेसँगै यसको प्रतिस्पर्धी कुन भन्ने विषयमा छलफल चलिरहेको छ ।
भारतीय मासमार्केट मोटरसाइकल उत्पादक टीभीएसको प्रतिस्पर्धा मोटरसाइकल सेग्मेन्टमा बजाजसँग चलिरहेको देखिन्छ । त्यहि आधारमा रोनीनको प्रतिस्पर्धा पनि बजाज एभेन्जरसँग हुनेनै भयो ।
यी दुई मोटरसाइकलमा इन्जिन क्षमता, पावर र प्राइस पनि धेरै अन्तर छैन । डिजाइनमा भने राम्रै फरक देख्न सकिन्छ ।
लुक्स
दुबै मोटरसाइकल आकर्षक डिजाइनमा तयार भएका छन् । फरक सिटिङ पोस्चर, अग्लो ह्याण्डलबार, धेरै स्थानमा दिइएको क्रोम फिनिसिङ्ग र अगाडि प्रयोग भएको वीन्डसिल्डले एभेन्जरलाई पृथक बनाएको छ ।

टीभीएस रोनीन क्रुजर भने मोर्डन प्लेटफर्ममा बनेको हो । यसलाई कम्पनीले पृथक डिजाइनमा रेट्रो इलिमेन्ट प्रदान गरेको छ । त्यसैले युवाहरुको रोजाईमा रोनीन पर्ने विश्वास कम्पनीले लिएको छ ।
इन्जिन
टीभीएस रोनीनमा २२५.९ सीसीको सिंगल सिलिन्डर, फोर स्ट्रोक, फोर भल्ब, एफआई, एयर असिस्ट आयल कूल्ड इन्जिन छ । उक्त इन्जिनले अधिकतम २०.४० ब्रेकहर्स पावर र १९.९३ एनएम टर्क जेनेरेट गर्छ ।
बजाजको एभेन्जर–२२० मोटरसाइकलमा २२० सीसी क्षमताको सिंगल सिलिन्डर, ट्वीन स्पार्क, टु भल्ब, डीटीएसआई आयल कूल्ड इन्जिन छ । यस इन्जिनले अधिकतम १९.३ ब्रेकहर्स पावर र १७.५ एनएमको टर्क जनेरेट गर्छ ।
ब्रेक र सस्पेन्सन
नयाँ मोर्डन डिजाइन भएका कारण टीभीएस रोनीनमा ड्यूल डिस्क ब्रेकसँगै डबल च्यानल एबीएस छ । यसको अगाडि यूएसडी टेलिस्कोपीक फर्क र पछाडि एड्जस्टेवल मोनोशक सस्पेन्सन छ । ट्युबलेस टायर र अलोय ह्वीलले चालकमा आत्मविश्वास बढाउने छ ।
बजाज एभेन्जरको भने अगाडि स्ट्यान्डर्ड सिस्टमको डिस्क ब्रेक र पछाडि ड्रम ब्रेक छ । कम्पनीले यस मोटरसाइकलको अगाडि टेलिस्कोपिक एन्टी फ्रिक्सन सस्पेन्सन र पछाडि ट्वीन शक एब्जर्वर दिएको छ । बजाजले पनि एभेन्जरमा ट्युवलेस सुपर वाइड टायर दिएको छ । ह्वील भने यसमा ‘स्पोक ह्वील’ छ ।
फिचर
क्लासिक क्रुजर स्टाइलिंग डिजाइन रहेको एभेन्जर २२० मा होचो र लामो किसिम सिट छ । यसमा हेलोजन हेड्ल्याम्प, एलइडी डिआरएल, हेलोजन टेलल्याम्प, अपडेटेड ग्राफिक्स डिजाइन, स्ट्यान्डर्ड लार्जर वीनसिल्ड, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर पाउन सकिन्छ ।

टीभीएस रोनीन रेट्रो कु्रजर स्टाइलिंग डिजाइनमा छ । यस मोटरसाइकलमा पुरा एलइडी लाइटिङ्ग सेटअप, अफसेट डिजिटल मिटर, एड्जस्टेवल लिवर, कस्टम एग्जस्ट, ग्लाइड थ्रो ट्राफिक सिस्टम, स्मार्ट कनेक्ट र साइड स्ट्यान्ड इन्जिन कटअफ जस्ता फिचर छन् ।
मूल्य
केहि दिन अघि मात्रै सार्वजनिक भएको टीभीएस रोनीनलाई जगदम्बा मोटर्सले ४ लाख ४९ हजार ९०० रुपैयाँ मूल्य निर्धारण गरेर बिक्री सुरु गरेको हो ।
धेरै वर्षदेखि बिक्री हुँदै आएको बजाज एभेन्जरको मूल्य आधिकारिक बिक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनीले ४ लाख १२ हजार ९०० रुपैयाँ राखेर बिक्री गर्दै आएको छ ।

