काठमाडौं । बाराको जीतपुरमा टीभीएस मोटरसाइकलको शोरूम संचालनमा आएको छ । स्वास्तिक ट्रेड एण्ड कन्सर्नले बिहीबारदेखि सिमरा उपमहानगरपालिका–७ जीतपुरमा टीभीएसको अधिकारिक शोरुम संचालनमा ल्याएको हो ।
उक्त शोरुमको उद्घाटन एक कार्यक्रममा बीच जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले गरेका थिए । अध्यक्ष शर्माले शोरूमको उद्घाटन गर्दै संचालक र टीभीएस टिमलाई व्यवसायको सफलताको शुभकामना दिए ।
उक्त शोरुम करिब २ करोड २५ लाख रुपैयाँ लागतमा संचालनमा आएको हो । टीभीएस मोटरसाइकलको आधिकारिक विक्रेता स्वास्तिक ट्रेड एण्ड कन्सर्न जीतपुरका संचालक किरन पुरीका अनुसार उक्त शोरूममा टीभीएसको नँया मोटरसाइकल, स्कुटर, पार्टस र सर्भिसिङ लगायतका सम्पूर्ण सुविधा पाइने छ ।

