भ्यालेन्टाइन अफरः टीभीएस स्कुटर किन्नेले व्याज तिर्नु नपर्ने स्कीम

काठमाडौं । टीभीएसको आधिकारीक विक्रेता जगदम्वा मोटर्सले भ्यालेन्टाइन डेलाई मध्यनजर गर्दै नयाँ अफर ल्याएको छ । कम्पनीले आफ्ना सबै स्कुटरमा लागु हुनेगरी व्याज नलाग्ने स्कीम ल्याएको हो ।

नेपालमा सर्वाधिक विक्री हुने प्रिमियम स्कुटर एनटर्क १२५, जुपीटर र विगो मध्ये कुनैपनि स्कुटर खरिद गर्दा व्याज नलाग्ने स्कीम कम्पनीले दिएको हो । यसअघि ५० प्रतिशत रकम डाउन पेमेन्ट वापत बुझाउने ग्राहकले मात्रै व्याज नलाग्ने स्कीम पाउँदै आएका अब ४० प्रतिशत डाउन पेमन्ट गर्ने ग्राहकले यो स्कीम पाउने छन् ।

साथै, कम्पनीले आफ्नो कुनै पनि स्कुटर नगदमा खरिद गर्न चाहने ग्राहकललाई ६ हजार रुपैयाँ छुट दिने जनाएको छ । यस योजनामा हरेक दिन टीभीएसका स्कुटर खरिद गर्ने ग्राहकले लक्की ड्रमार्फत रियलमीको स्मार्ट फोनसमेत जित्न सक्नेछन् ।

यो योजना नेपालभर रहेको टीभीएसको आधिकारिक शोरुममा उपलब्ध हुने कम्पनीले जनाएको छ । टीभीएसले एनटर्कको ५ भेरियन्ट नेपाली बजारमा विक्री गर्दै आएको छ । एनटर्कको सुरुवाती मूल्य २ लाख २३ हजार ९०० रुपैयाँ र टप भेरियन्टको मूल्य २ लाख ८९ हजार ९०० रुपैयाँ रहेको छ ।

त्यस्तै विगो बीएस ४ को मूल्य २ लाख ७ हजार ९०० र विगो एफआईको मूल्य २ लाख १७ हजार ९०० रुपैयाँ रहेको छ । कम्पनीले विक्री गर्ने अर्को मोडल जुपीटर क्लासीकको मूल्य २ लाख ११ हजार ९०० रुपैयाँ रहेको छ ।


Back_to_top