काठमाडौं । टीभीएसको प्रिमियम इलेक्ट्रीक स्कुटर ‘एक्स’ नेपालमा सार्वजनिक भएको छ ।
टीभीएस मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले पोखरामा जारी वाडा अटो शो २०२६ मा उक्त स्कुटर प्रशर्दन गरेको हो ।
कम्पनीले लामो समय परीक्षणपछि पोखरामा एक्स प्रर्दशन गरेको हो । कम्पनीले यसको मूल्य र लन्च गर्ने आधिकारिक मिति भने घोषणा गरेको छैन ।
यो नेपालका लागि टीभीएसको दोस्रो इलेक्ट्रीक स्कुटर हो । हाल टीभीएसको आक्यूब इलेक्ट्रीक स्कुटर बिक्री भइरहेको छ ।
टीभीएस एक्स प्रिमियम सेग्मेन्टको इलेक्ट्रीक स्कुटर हो । टीभीएस मोटर्सले पहिलो पटक अगष्ट २०२३ मा संयुक्त अरब इमिरेट्सको दुबईस्थित बुर्ज खलिफा टावरमा यो स्कुटर सार्वजनिक गरेको थियो ।
यो स्कुटरमा टिल्ट गर्न मिल्ने १२.२ इन्चको टीएफटी डिस्प्ले दिइएको छ । यसका अलावा यसमा क्रुज कन्ट्रोल, रिर्भस असिस्टेन्स, स्मार्ट कनेक्ट फिचर, लाइभ भिडियो स्ट्रीमिङ, अन वोर्ड गेम, वेब ब्राउजर, लाइभ लोकेशन सेयरिङ, की-लेस, एलईडी हेडलाइट, एन्टिथेफ्ट अर्लाम जस्ता फिचर छन् ।
टीभीएस एक्समा ११ किलोवाट पिक पावर क्षमताको मोटर दिइएको छ । यो स्कुटर ०९४० किलोमिटर मात्र २.६ सेकेण्डमा पूरा गर्छ । यसको टप स्पीड १०५ किलोमिटर प्रतिघण्टा रहेको छ ।
यो स्कुटरमा ४.४४ किलोवाट आवरको ब्याट्री दिएको छ । यो ब्याट्रीलाई एकपटक फुलचार्ज गरेर १४० किलोमिटरसम्म गुडाउन सकिन्छ भने यसमा ब्याट्री रिजेनेरेशन सिस्टम समेत उपलब्ध छ । फास्ट चार्जिङ सुविधा पाउन सकिन्छ ।
टीभीएस एक्सको मूल्य भारतीय बजारमा मूल्य २ लाख ६४ हजार भारु (एक्स शोरुम) छ ।


