बसको ठक्करबाट दुईको मृत्यु

उर्लाबारी । बेलबारी नगरपालिका-३ स्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । 

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को१ख ६४३५ नंको बसले विपरीत दिशातर्पm जाँदै गरेको को२७प ४१६४ नंको मोटरसाइकललाई ठक्कर दिँदा चालक सुनसरी, इटहरी-१ बस्ने ३८ वर्षीय खगेन्द्र तामाङ र पछाडि सवार भोजपुर, पौवादुम्मा-५ घर भई हाल मोरङ, उर्लाबारी-३ मा बसोबास गर्दै आएका ३३ वर्षीय जयनारायण तामाङको मृत्यु भएको हो । 

प्रहरीका अनुसार जयनारायणको घटनास्थलमै र चालक खगेन्द्रको उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पु¥याउने बित्तिकै मृत्यु भएको हो । ठक्कर दिने बस र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय बेलवारीले नियन्त्रणमा लिएको छ । 


Back_to_top