यी दुई मोटरसाइकलमा तपाईले खोजेका फिचर हुन सक्छन्

काठमाडौं । नेपाली बजारमा अहिले करिब ३० ब्राण्डका मोटरसाइकल बिक्री हुँदै आएको भएपनि बजार हिस्साको आधारमा बजाज, होन्डा, यामाहा, टीभीएस र हिरो अग्रस्थानमा रहेका छन् ।

यस्तोमा यी कम्पनीले ल्याउने नयाँ मोडलको सर्वाधिक चासो हुनु स्वभाविक हो । भारतीय कम्पनी हिरो मोटोकर्प र बजाज अटोले उत्पादन गरेका दुई नयाँ मोडल अहिले निकै चर्चामा रहेका छन् ।

हिरोले केही दिनअघि सार्वजनिक गरेको एक्ट्रीम १६० आर र बजाज डामिनार २५० अहिले निकै चर्चामा रहेका मोडल हुन् । यी दुबै मोटरसाइकल भारतमा यही मार्च महिनाबाट बिक्री सुरु हुँदै छन् भने त्यसको केही समयपछि यी दुबै मोडल नेपाली बजारमा प्रबेश गर्ने छन् ।

बजाजको नेपालको लागि आधिकारीक वितरक एचएच बजाजले डोमिनार २५० भारतमा बिक्री सुरु भएको दुई महिनापछि नेपालमा बिक्री गर्ने जनाएको छ भने हिरो मोटोकर्पकाे आधिकारीक वितरक एनजीएमले यसको विषयमा केही जानकारी दिएको छैन । यद्यपी कम्पनीले भदौमा हुने नाडा अटो शो २०२० सम्ममा यसलाई सार्वजनिक गर्ने अनुमान गरिएको छ ।

बजाज डोमिनार २५०

बजाजले पहिलो पटक २५० सीसी सेग्मेन्टमा मोटरसाइकल ल्याउन लागेको हो । यसमा कस्ता फिचर उपलब्ध रहेका छन् भन्ने विषयमा कम्पनीले अहिलेसम्म केही जानकारी नदिएको भएपनि नयाँ बजाज डोमिनार २५० मा सबै लाइट एलइडी प्रयोग हुने अनुमान गरिएको छ ।

सानो विन्डस्कृन, मस्कुलर फ्यूल ट्याङ्क, फुल डिजिटल इन्ट्रुमेन्ट क्लस्टरको साथमा अर्को सानो डिस्प्ले, इन्जिन कौल, सिग्नेचर एलइडी हेडल्याम्प, ट्वीन व्यरेल एग्जस्ट, अलोय ह्वील, स्प्लीट सिट जस्ता मुख्य फिचर उपलब्ध हुने अनुमान गरिएको छ । यसका साथै यसमा स्लिपर क्लच, एबीएस जस्ता फिचर समेत उपलब्ध रहने छन् ।

कम्पनीले यसमा २४८.८ सीसी क्षमताको सिंगल सिलिण्डर, लिक्वीड कुल्ड, डिओएचसी इन्जिन प्रदान गर्नेछ । उक्त इनिजनले अधिकतम ९००० आरपीएममा ३० पीएस पावर र ७५०० आरपीएममा २४ एनएम टर्क प्रदान गर्नेछ । यसमा ६ स्पीड म्यानुयल गियरबक्स रहने छ ।

हिरो एक्स्ट्रीम १६० आर

हिरो मोटो कर्पले ल्याएको एक्स्ट्रीम १६० आर अहिले चर्चाको शिखरमा रहेको छ । कम्पनीले जयपुरको आरएन्डडी सेन्टरमा हिरो वर्ल्ड कार्यक्रमको आयोजनागरि आफ्नो नयाँ मोडल ‘एक्स्ट्रीम १६० आर’ सार्वजनिक गरेको थियो ।

हिरोले ल्याएको नयाँ एक्स्ट्रीम १६० आर यो सेग्मेन्टकै सर्वा्धिक छिटो कुद्ने मोटरसाइकल भएको छ । यसले ० देखि ६० किलोमिटरको स्पीड भेट्टाउन केवल ४.७ सेकेन्ड मात्र समय लगाउने छ ।

कम्पनीले यसमा दिएको १६० सीसी एफआई इन्जिनले ८५०० आरपीएममा १५.२ बीएच पावर र ६५०० आरपीएममा १४ एनएम टर्क प्रदान गर्नेछ । यसमा कम्पनीले अटो शेल टेक्नोलोजी प्रयोग गरेको जनाएको छ ।

हिरो एक्स्ट्रीम आरमा नयाँ डायमण्ड टाइप सिंगल डाउन ट्युव फ्रेम दिइएको छ । यसमा अगाडि ३७ एमएमको फर्क र पछाडि ७ स्टेप एड्जस्टेवल मोनोशक दिइएको छ । साथै, दुबै चक्कामा पेटल टाइप डिस्क ब्रेक दिइएको छ भने सिंगल च्यानल एबीएस उपलब्ध रहेको छ ।

हिरोले आफ्नो एक्स्ट्रीम २०० आरको तुलनामा एक्स्ट्रीम १६० आर नयाँ मोडलमा अब्बल फिचरहरु उपलब्ध गराएको छ । कम्पनीले यसमा सबै किसिमका लाइट एलइडी प्रयोग गरेको छ भने यसमा पूर्णत डिजिटल डिस्प्लेको प्रयोग गरेको छ ।

कम्पनीले एक्स्ट्रीम २०० मा टेललाईट मात्र एलइडी प्रयोग गरेको थियो भने सेमिडिजिटल इन्ट्रुमेन्ट कन्सोलको प्रयोग गरेको छ ।


Back_to_top