रोयल इनफिल्डका इलेक्ट्रीकसहित दुई नयाँ मोटरसाइकल बजारमा आउँदै

काठमाडौं । रोयल इनफिल्डको निकै चर्चित दुई मोटरसाइकल अंग्रेजी नयाँ वर्ष सन् २०२६ को पहिलो त्रैमासमै सार्वजनिक हुने भएका छन् ।

कम्पनीले बुलेट ६५० र इलेक्ट्रीक सेग्मेन्ट अन्तर्गतको फ्लाइङ फ्लिया सी ६ मोडल सन् २०२६ को मार्चसम्ममा भारतीय बजारमा सार्वजनिक गर्ने तयाररी गरेको हो ।

भारतीय मिडिया अनुसार रोयल इनफिल्डको बुलेट ६५० मोटरसाइकल जनवरी र फ्लाइङ फ्लिया सी ६ इलेक्ट्रीक मोडल त्यसको दुई महिनापछि (मार्च) बजारमा बिक्रीका लागि उपलब्ध हुने भएको हो ।

बेलायती ब्राण्ड रोयल इनफिल्डले भारतमा निर्माण गरेको बुलेट ६५० मोटरसाइकल पहिलो पटक इटालीको मिलानमा भएको इक्मा अटोशो २०२५ मा देखिएको थियो भने फ्लाइङ फ्लिया सी ६ २०२४ को इक्मा अटोशामा देखाएको हो ।

बुलेट ६५० मा ६४८ सीसीको एयर र आयल कुल्ड, प्यारालल ट्विन सिलिण्डर इन्जिन छ । यसले ४७ पीएस पावर र ५२.३ एनएम टर्क जेनेरेट गर्छ। यसमा ६ स्पीड गियरबक्स छ ।

मोटरसाइकलमा सेमी डिजिटल कन्सोल छ। यसमा एनालग स्पीडोमिटर, गियर पोजिसन इन्डिकेटर, इन्धन गेज, ट्रिपमिटर र ओडोमिटर सहितको डिजिटल इनसेट, टर्न बाइ टर्न नेभिगेसनको लागि स्ट्याण्डर्ड ट्रिपर नेभिगेसन मोड्युल लगायत फिचरहरू छन् ।

साथै, कन्टोर्ड सिंगल पिस सिट, बक्सी रियर फेन्डर, क्रोम आउट ह्याण्डलबार, मटर शुटर एक्जस्ट, स्पोक ह्वील र डबल च्यानल एबीएस रहेको छ ।

क्लासिक मोटरसाइकल निर्माण गर्ने रोयल इनफिल्डले बजारमा ल्याउन लागेको इलेक्ट्रीक मोटरसाइकल फ्लाइङ फ्लिया सी ६ पनि क्लासिक स्टाइलमै छ ।

फ्लाइङ फ्लिया सी ६ इलेक्ट्रीक मोटरसाइकल रोयल इनफिल्डको वल्र्ड वार दोस्रोमा प्रयोग गरेको पेट्रोल मोडल फ्लाइङ फ्लिया नामबाट प्रेरित छ। त्यस समयमा फ्लाइङ फ्लिया सिम्पल डिजाइन, उच्च प्रदर्शन र सजिलो ह्याण्डलिङको लागि प्रख्यात मोटरसाइकल थियो । नयाँ इलेक्ट्रीक भर्सनमा आउने फ्लाइङ फ्लिया सी ६ पनि सिम्पल र क्लिन डिजाइनमा छ ।

४० को दशकमा बजारमा आउने ग्रिडर फोर्क यसमा पाउन सकिन्छ । अब फ्लाइङ फ्लिया सी ६ ग्रिडर फर्क भएको पहिलो मोटरसाइकल बन्ने भएको छ । मोटरसाइकलको ट्याकंको भागमा ब्याट्री र इलेक्ट्रीक मोटर सेटअप रहेको छ ।

त्यस्तै, यसमा बेल्ट ड्राइभ, कस्टमाइज राइड मोडहरू, एड्भान्स कनेक्टिभिटी सिस्टम, ट्रयाक्सन कन्ट्रोल, डबल डिस्क ब्रेक, कर्नरिङ एबीएस, लिन एंगल सेन्सर, टीएफटी डिस्प्ले, लगायत धेरै फिचरहरू हुने छन् ।

रोयल इनफिल्डले भारतमा बनाएको यी दुवै मोडल अन्य देशहरूसँगै नेपाली बजारमा पनि उपलब्ध हुनेछ ।


Back_to_top