दुईपाङ्ग्रे सवारीको बिक्री मासिक ३४ सयले घट्दा, ८ % नागरिकको पहुँचमा सवारीसाधन

काठमाडौं । युवा पुस्तामा निकै लोकप्रिय रहेको दुईपाङ्ग्रे सवारीसाधन आयात बर्षे नि बढ्दै गएको छ । निरन्तर ३ आर्थिक बर्षसम्म वृद्धि भएको मोटरसाईकलको ब्यापार यस वर्ष घट्ने निश्चित भएको छ । 

गत आर्थिक वर्ष २०७३/०७४ मा अहिलेसम्मकै सबैभन्दा बढी ३ लाख ५५ हजार ७१ वटा मोटरसाइकल दर्ता भएको थियो तर चालु आर्थिक वर्षको सात महिनासम्ममा भने १ लाख ८३ हजार २१७ मोटरसाईकल आयात भएको छ । जुन अघिल्लो बर्षको तुलना निकै कम हो । 

यो पनी पढ्नुहोस्ः अटो–फ्याक्ट्सः ३० लाख सवारीसाधन आउँदा कर्णाली प्रदेशमा ८२२ वटामात्रै, कुन प्रदेशमा कति ?

गत अबमा मासिक २९ हजार ५९० वटा दुईपाङ्ग्रे सवारीसाधन बिक्री भएकोमा चालु आबको सात महिनाको तथ्यांक अनुसार मासिक २६ हजार १७४ वटा मात्रै बिक्री भइरहेको छ । 

चालु आर्थिक बर्षको ७ महिनासम्ममा नेपालमा दर्ता भएका मोटरसाईकलको संख्या २३ लाख ७२ हजार ३१६ पुगेको छ । यो कुल जनसंख्याको करिब ८ प्रतिशत बराबर हो ।

आर्थिक वर्ष २०६९/०७० मा १ लाख ७५ हजार ३८१ मोटरसाइकल दर्ता भएकोमा आर्थिक बर्ष २०७०/०७१ मा केही घटेर १ लाख ६३ हजार ९४५ वटा दर्ता भएको थियो । 

२०७१/०७२ मा भुकम्प र नाकाबन्दीको समयमा १ लाख ९६ हजार ३८३ मोटरसाईकल दर्ता भएकोमा आर्थिक वर्ष २०७२/०७३ मा बढेर २ लाख ६७ हजार ४३९ पुगको थियो । यातायात ब्यवस्था बिभागमा दर्ताभएका सवारी साधन मध्ये दुईपाङ्ग्रे सवारीसाधनमा ३० प्रतिशत हिस्सा स्कुटरको रहेको छ ।

कति ब्रान्ड छन् नेपालमा ?

नेपालमा अहिले करिब दुई दर्जन मोटरसाईकल ब्रान्डका आधिकारीक बिक्रेतामार्फत मोटरसाइकल बिक्री हुँदै आइरहेको छ । ५० वर्ष अगाडि होन्डाका दुइपाङ्ग्रे सवारी साधनबाट ब्यवसायी आयात सुरु भएको यहाँ त्यसपछि बजाज, हिरो, यामाहा, टिभीएस, महेन्द्रा एण्ड महेन्द्रा, सुजुकी, अप्रिला, बेनेली, केटीएम, डुकाटी, युएमलगायतका ब्राण्डहरुको उपस्थिति रहेको छ ।  

(यो स्तम्भ फ्याक्ट्स नेपाल र मेरोअटो डटकमबीचको सहकार्यमा तयार पारिएको हो । हरेक हप्ता बुधबार प्रकाशित हुनेछ ।)


Back_to_top