चीनले चार वर्षभित्रमा ३ करोड स्वचालित कार उत्पादन गर्ने

एजेन्सी । चीनले ३ आगामी केही वर्षभित्र ३ करोड स्वचालित कार उत्पादन गर्ने घोषणा गरेको छ ।

चीनका चिप्स उद्योग तथा होराइजन रोबटिक्स इन्क कम्पनीले उक्त गाडी उत्पादनको अध्ययन सम्पन्न गरेकोले केही वर्षभित्रै ३ करोड सेल्फ ड्राइभिङ कार उत्पादन गर्ने घोषणा गरेको हो ।

चीनको राजधानी बेइजिङमा आधारित कम्पनी नाभिदा कर्प तथा मोविलिए एनभीले व्यावसायिकरुपमा उक्त कारहरू उत्पादन थालेका छन् । सन् २०२१ सम्ममा चिनियाँ उक्त कम्पनीहरूले ५ अर्ब डलरभन्दा लगानी गर्ने घोषणा पनि गरेका छन् ।

होराइजन रोबटिक्स कम्पनीले चीनमा स्मार्टफोनको उत्पादनको साथै चन्द्रमामा रहेका खाली स्थानहरूको बारेमा समेत अध्ययन गरिहेको छ । चीन सरकारले पछिल्लो समय लिएको औद्योगिक नीतिअनुरुप कम्पनीले स्वचालित कार उत्पादनमा जोड दिने बताएको हो । 

चीनले पछिल्लो समय उच्च प्रविधिको साथै सुरक्षा विशेषगरी अमेरिकाले उत्पादन गर्ने प्रविधिको प्रतिरक्षासमेत ध्यान दिँदै नयाँ प्रविधिमा लागानी बढाएको छ,’ बेइजिङ स्थित माइक्रोइलोक्ट्रोनिक्स सिंगह्वा विश्वविद्यालयका निर्देशक वाई साओजोनले भने ।

चीनले खासगरी ‘सेल्फ रिलायन्स’ सम्पत्तिमा ध्यान दिन राष्ट्रपति सी जिङ पिङ प्रशासनले २ सय अर्ब युआन लगानी कोषसमेत बनाउने घोषणा गरको छ । 

विश्वकै ठूलो कार बजार तथा इलेक्ट्रीक भेकल मार्केट चीन रहेकाले पनि नयाँ प्रविधिहरू सफल हुने दावी निर्देशक साओजोनको छ । चीन सरकारले कार उत्पादक कम्पनीहरूलाई बढी प्रविधिको प्रयोग गर्दै सुरक्षित बनाउनेमा ध्यान केन्द्रित गर्न निर्देशनसमेत दिएको छ । सन् २०२० सम्ममा उत्पादक कम्पनीहरूले १ सय अर्ब युआन लगानी गर्ने घोषणासमेत गरेका छन् । 

चीनमा इलेक्ट्रीक गाडी र स्वचालित कारमा लगानीको प्रक्षेपण 

वर्ष

इलेक्ट्रीक कार अर्ब
डलरमा

स्वचालित कार अर्ब
डलरमा

सन् २०१७

२००

६००

२०१८

३००

८००

२०१९

५००

९.५००

२०२०

४००

११००

२०२१

४.५००

१४००

चीनमा फक्सवागेनले स्थानीय कम्पनी चोङ्याङ चाङ्गन अटोमोबाइल्स कम्पनीसँग मिलेर स्वचालित कारमा लगानी गर्दैछ । त्यस्तैगरी, फोर्ड मोटर्सले रोवर्ट बोस कम्पनीसँग भविष्यमा आवश्यक पर्ने प्रविधि आपूर्तिको सम्झौता गरेको छ । चाङ्गन स्वाचलित कारले केही समय अगाडि चीनमा १ हजार २ सय माइल पार गरेको थियो । 

उत्पादक कम्पनीहरूले पछिल्लो समय स्वचालित कारको लिडलाइट, ब्रेकलाइट, प्रोसेसिङ डाटा, राडार र क्यामेराको सेन्सर तथा व्याट्रीमा विशेष ध्यान दिइरहेका छन् । 

फक्सवागेनको अडी गाडीलाई चिनियाँ होराइजन रोबटिक्स कम्पनीले चिनियाँ स्फेसिक प्रोजेक्टमा समाहित गर्ने तयारी गरेको छ । बेइजिङस्थित अडी गाडी कम्पनीका प्रवक्ता जोन ब्राथले अबको नयाँ कदम भनेको अडीलाई स्वचालित कारको रुपमा विकास गराउनको लागि सहकार्य गर्ने बताएकी छन् । 

बेइजिङस्थित टुसिम्पल इन्क कम्पनीले स्टार्टअप डेप्लभिङ कम्पनीसँग मिलेर स्वचालित ट्रक बनाउने अध्ययनसमेत सुरु गरेको छ । कम्पनीहरूले कमर्सियल भेकलमा समेत स्वाचलित बनाउनका लागि आगामी सांघाईमा अर्को वर्ष डेमो सार्वजनिक गर्ने बताएको छ । 


Back_to_top