काठमाडौं । आगामी साता नेपाली बजारमा दुई इलेक्ट्रीक एसयूभी आइपुग्ने भएको छ । बढ्दो ईभी बजारमा प्रतिस्पर्धा गर्न आउने दुबै मोडल प्रिमियम फिचर लोडेड मोडल हुन् ।
चेरीले केही महिना अघिदेखि नै बजारमा शोसल मिडियाबाट आफ्नो आउँदै गरेको एसयूभी ओमोडा ई-५ को प्रचारप्रसार सुरु गरेको थियो । नेपालको आधिकारीक बिक्रेता एसपीजी अटोमोवाइलले दुई पटक पत्रकारहरुलाई ई-५को बारेमा जानकारी दिइसकेको छ ।
अर्को नेपाल आइरकेको मोडल दिपल एस-७ मोडल हो । चांगनको इलेक्ट्रीक ब्राण्ड दिपलले उत्पादन गरेको एस–०७ एसयूभीले चीनमा निकै राम्रो ब्यापार गरिरहेको छ ।
हेर्दा आकर्षक लाग्ने यी दुबै एसयूभी फिचर लोडेड छन् । दुबै मोडलमा रहेका फिचर र टेक्नीकल डिटेल बाहिर आइसकेको कारण हामी सहजै यी दुई कारको भिन्नता छुट्टाउन सक्छौं ।
सँगै नेपाल आउन लागेको भएपनि ओमोडा ई-५ आगामी फेब्रुअरीबाट बिक्री सुरु हुने छ भने दिपल एस-७ मोडलको बिक्री भने मार्चबाट मात्रै हुने बताइएको छ । साइजमा फरक रहेको यी गाडीको पावरदेखि ब्याट्री प्याकसम्म फरक रहने छ ।

ब्याट्री, रेन्ज र मोटर
ओमोडा ई-५ मा ६१ किलोवाट आवरको ब्याट्री रहने छ । दिपल एस-७ मा ६६.८ किलोवाट आवरको ब्याट्री रहने छ । डब्लू एलटीपीको परिक्षणले यी दुबैको रेन्ज समान ४३० किलोमिटर देखाएको छ ।
मोटर साइज भने फरक रहने छ । ओमोडा ई-५ मा पीक पावर ९९ किलोवाटको मोटर रहने छ । तर, दिपल एस-७ मा भने १६३ किलोवाटको मोटरमा आउने छ ।
इन्टेरियर
ओमोडाले ई-५ लाई बाहिर जति आकर्षक बनाउन मिहिनेत गरेको छ । त्यत्तिकै मिहिनेत इन्टेरियरमा पनि देख्न पाइन्छ । ड्यूल कलरमा सजिएको ड्यासबोर्ड र ड्यासबोर्डमा दिइएको २४.६ इन्चको ड्यूल स्कृनको उत्कृष्ट ‘कम्बीनेशन’ पाउन सकिन्छ ।

दिपल एस-७ मा १५.६ इन्चको एचयूडी डिस्प्ले दिइएको छ । साथै, छुट्टै डिजिटल इन्ट्रुमेन्ट क्लष्टर यसमा पाउन सकिन्छ । आकर्षक ड्यासबोर्ड र सेन्टर कन्सोल दिइएको एस-७ को इन्टेरियर निकै आकर्षक देखिन्छ ।
दुबै एसयूभीमा एम्बीयन्ट लाइट, शनरुफ, वायरलेस चार्जर र आरामदायी लेदर सिट पाउन सकिन्छ ।
एक्सटेरियर
फ्यूचरष्टिक डिजाइनमा आधारित दुबै एसयूभीको बाहिरी बनोट पनि निकै अब्बल देखिन्छ । दिपल एस-७ मा फ्रेमलेस डोर, हिडन डोर ह्याण्डल, २० इन्चको ह्वील, सबै एलइडी लाइट, क्लोज ग्रिल दिइएको छ ।

ओमोडा ई-५ मा अगाडि क्लोज ग्रिल, टी सेपमा दिइएको डेटाइम रनिङ लाइट, उच्च गुणस्तरको एलइडी हेडल्याम्प, १८ इन्चको आल्मुनियम अलोय ह्वील पाउन सकिन्छ ।
निकै स्टाइलिस बडी डिजाइन, स्पोर्टी र डाइनामिक फास्टब्याक सेपमा सजिएको पछाडिको भाग, आकर्षक एलइडी टेल लाइटको साथै ७८ प्रतिशत हाइ स्ट्रेन्थ स्टीलको बलियो बडी ई-५ को बलियो पक्ष हो ।
मूल्य
दुबै कम्पनीले आउन लागेको एसयूभीको मूल्यका विषयमा कुनै जानकारी दिएका छैनन् । यद्यपि यी दुबै एसयूभी ६० देखि ७५ लाख रुपैयाँ भित्रै मूल्य तोकेर नेपालमा बिक्री सुरु हुने हाम्रो अनुमान छ ।

