अमेरिकाले किन लगायो चिनियाँ सफ्टवेयर र हार्डवेयर दुवैमा प्रतिबन्ध

काठमाडौं । केही महिना अघि मात्रै चिनियाँ ईभीमा १०० प्रतिशत भन्सार लगाएको अमेरिकाले अब चिनियाँ सफ्टवेयर तथा हार्डवेयर प्रयोग भएका कुनै पनि वस्तु अमेरिकी बजारमा प्रतिबन्ध लगाउने भएको छ ।

‘अमेरिकी कमर्स ब्यूरो अफ इन्डष्ट्रिज एण्ड सेक्युरिटिज’ले एक सूचना जारी गर्दै कुनै पनि कनेक्टेड कार टेक्नलोजी भएका सवारीमा चिनियाँ वा रसियाका हार्डवेयर र सफट्वेयर प्रयोग भएको छ भने त्यसलाई अमेरिका आयात र बिक्री गर्न प्रतिबन्ध लगाउने जनाएको हो ।

अहिलेका मोर्डन कारहरूमा क्यामरा, माइक्रो फोन, जीपीएस ट्रयाकिङ तथा अन्य टेक्नोलोजीहरू इन्टरनेटमा कनेक्टेड हुने भएकोले यसले अमेरिकाको नेशनल सेक्युरिटिज तथा अमेरिकी जनताको गोप्यतामा असर गर्ने भएकाले ठूलो समस्या निम्तन सक्ने बताएको छ ।

सरकारको नयाँ नीति अमेरिकी सडकमा गुड्ने दुईपाङ्ग्रे, चार पाङ्ग्रे, ट्रक, बस लगायतका सबै प्रकारका सवारीसाधनहरूमा लागू हुनेछ । तर, यो नियम पब्लिक रोडमा नगुड्ने एग्रिकल्चर तथा माइनिङ भेहिकलहरूमा भने लागू हुने छैन ।

नयाँ नियमले अमेरिकी कार निर्माताहरूलाई पनि चीन र रसियामा बनेका भेहिलक कनेक्टेड सिस्टमका सफ्टवेयर तथा हार्डवेयरका साथै अटोमेटेड ड्राइभिङ सिस्टमका सफ्टवेयर समेत प्रयोग गर्न बन्देज लगाएको छ ।

तर, चिनियाँ तथा रसियन सफ्टवेयर प्रतिबन्ध आगामी मोडल एयर २०२७ बाट तथा हार्डवेयर प्रतिबन्ध मोडल एयर २०३० बाट मात्रै लागू हुनेछ ।


Back_to_top