यसरी ओसारिँदै छ सिंहदरवारमा जलाइएका गाडी (फोटोफिचर)

काठमाडौं । भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा सिंहदरवार परिसरमा आगजनी तथा तोडफोड गरिएका सवारी साधनको व्यवस्थापन गर्न सुरू गरिएको छ ।

सिंहदरबारभित्र आगजनी तथा तोडफोड भएका सवारी साधन हटाउन थालिएको हो ।

विभिन्न मन्त्रालयमा जलेका अवस्थामा रहेका सवारी साधन जम्मा पारेर नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मलेन केन्द्र (संसद भवन) पछाडिकाे खाली जग्गामा थुपार्न थालिएको हो ।

अब त्यहाँ थुपारिएका सवारी साधन आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन तथा नियमावलीले तोकेको प्रकृया बमोजिम लिलामी र नष्ट गर्ने प्रकृया अघि बढाइने छ ।

सिंहदरबार र आसपासका कार्यालयमा कति संख्यामा सवारी साधन जले भन्ने एकिन तथ्यांक आइसकेको छैन । तर, प्रारम्भिक अध्ययन अनुसार १ हजार बढी सवारी साधन क्षतिग्रस्त भएका छन् ।


Back_to_top