भेस्पाको २ सय सीसी स्कुटर आउँदै

पियाजियो ग्रुपले नयाँ भेस्पा स्कुटर ल्याउने भएको छ । भारतीय बजालाई लक्षित गरि सव २ सय सीसी इन्जिन क्षमतामा नयाँ स्कुटर ल्यायने भएको हो । त्यस्तै उक्त ग्रपले अप्रिलिया ब्रान्डमा पनि २ सय सीसी नयाँ स्कुटर ल्याउने यस अघि घोषणा गरेको थियो ।

हाल भारतीय बजारमा भेस्पाका १२५ र १५० सीसी सेगमेन्टका स्कुटर उपलब्ध हुँदै आएको छ । २०२० सम्ममा भेस्पाको २०० सीसी इन्जिन क्षमताको स्कुटर भारतीय बजारमा सार्वजनिक हुनेछ ।

पियाजियो इन्डियाका प्रवन्ध निर्देशक तथा सीइओ डिएगो ग्राफिले कम्पनी अहिलेको दुईपांग्रे बजारमा प्रतिस्पर्धा गर्ने भन्दा पनि आफ्नो छुट्टै सेगमेन्ट स्थापित गर्ने योजनामा रहेको बताए ।

अहिले पियाजियो कम्पनी भारतीय बजारका लागि १५० देखि २०० सीसी इन्जिन क्षमताको स्कुटर बनाउने तर्फ केन्द्रीत भएको उनको भनाई छ । नयाँ स्कुटर मुख्य गरि भारतीय बजारलाई लक्षित गरि बनाइने कम्पनीले जनाएको छ ।

भारतीय बजारका लागि बनाइने स्कुटरको विकासमा भने इटालीमा रहेको कम्पनी रिसर्च एन्ड डेभ्लपमेन्ट सेन्टरसँग समेत समन्वय हुने ग्राफिको भनाई छ । पियाजियोले बनाउने २०० सीसीको स्कुटर २०२० को अटो एक्सपोमा सार्वजनिक हुने अनुमान गरिएको छ ।

उक्त स्कुटरमा फ्युल इन्जेक्सन टेक्लोनोली सहित बीएस–६ स्ट्यान्डर्डमा आउनेछ । स्कुटरमा समावेश हुने अन्य विशेषताको बारेमा भने कम्पनीले केही खुलाएको छैन ।

अप्रिलिया भेस्पाका स्कुटर नेपाली बजामरा समेत उपलब्ध रहेको छ । प्रिमियम सेगमेन्टमा पियाजियो ग्रुपले उत्पादन गरेको अप्रिलिया र भेस्पा दुवै ब्रान्डका स्कुटर नेपाली बजारमा लाकप्रिय रहेको छ ।


Back_to_top