कम मूल्य र उच्च माइलेज दिने तीन बाइक, यस्ता छन् विशेषता

नेपालका निकै रुचाईएको १२५ सीसी सेग्मेन्टका मोटरसाइकलमा अहिले खासै ठूलो प्रतिस्पर्धा रहेको छैन । यो सेग्मेन्टमा टीभीएस स्ट्राइकर, यामाहा सलुटो र बजाज डिस्कभरले प्रतिस्पर्धा गरिरहेका छन् ।

उद्यपी यो सेग्मेन्टको लिडर बाइकको रुपमा होन्डा साइन रहेको छ । हामीले १२५ सीसी सेग्मेन्टमा टीभीएस, यामाहा र बजाजका बाइकका विषयमा जानकारी दिने प्रयास गरेका छौं ।

टीभीएस स्ट्राइकर १२५

टीभीएस स्ट्राइकर १२५ नेपलाी बजारमा लोकप्रिय हुँदै गइरहेको बाइक हो । यसमा रहेको सिङ्गल सिलिन्डर फोर–स्ट्रोक एयरकुल्ड १२४ सीसी इन्जिनले ८ हजार आरपीएममा ११ बीएच पावरका साथै ५ हजार ५ सय आरपीएममा १०.८ एनएम टर्क उत्पादन गर्छ । 

यसको अगाडिको ह्वीलमा डिक्स र पछाडि ड्रम–ब्रेक लगाइएको छ । यसले प्रतिलिटर ६७ किलोमिटर माइलेज प्रदान गर्ने कम्पनीको दावी छ । यसको टप स्पीड क्षमता प्रतिघन्टा ९० किलोमिटर रहेको छ ।

यसमा १७३ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ भने १७ इन्च अलोय ह्वील लगाइएको छ । यसको नेपाली बजारमा मूल्य १ लाख ९२ हजार रुपैयाँ रहेको छ ।

स्ट्राइकरको फ्रन्टमा टेलिस्कोपिक सस्पेन्सन, रियरमा हाइड्रलिक ड्याम्पर लगाइएको छ । स्ट्राइकरमा १४.५ लिटर क्षमता भएको इन्धन ट्याङ्की रहेको छ भने बाइकमा ट्यूवलेस टायर, पूर्ण डिजिटल स्पीडोमिटर र पछाडि एलईडी बत्तिसमेत रहेको छ ।

यामाहा सलुटो

यामाहाले सलुटो १२५ बाइकलाई नयाँ डिजाइनको साथ हालै सार्वजनिक गरेको छ । कम्पनीले सलुटो १२५ यूबीएस र सलुटो आरएक्स ११० यूबीएस दुई मोडल नेपाली बजारमा सार्वजनिक गरेको हो । यसअघि पनि यसको रेगुलर भर्सन बिक्री गरिरहेको थियो ।

यामाहाले नेपाली बजारमा बिक्री गर्दै आएको सबैभन्दा सस्तो बाइक पनि सलुटो नै हो । नेपालको लागि यामाहाको आधिकारीक वितरक एमएडब्ल्यूले बिक्री गर्दै आएको सलुटो १२५ डिस्क ब्रेक र ड्रम ब्रेक अप्सनमा उपलब्ध रहेको छ । डिस्क ब्रेक युक्त बाइकको मूल्य १ लाख ९२ हजार ९०० रुपैयाँ रहेको छ । ड्रम ब्रेक युक्त बाइकको मूल्य १ लाख ८७ हजार ९०० रुपैयाँ रहेको छ । तर, नयाँ सलुटो भने केही महिनापछि मात्रै नेपाली बजारमा आउने छ ।

सलुटो १२५ यूबीएसमा एयरकुल्ड, ४ स्टोक,एसओएचसी, २ भल्व वेस ब्ल्युकोर इन्जिन दिइएको छ । यो इन्जिनले ८ बिएच पावर तथा ८ एनएम टर्क जेनेरेट गर्छ ।

बजाज डिस्कभर १२५ एसटी

बजाज मोटरसाइकलका लागी नेपालको आधिकारीक बिक्रेता एचएच बजाजले बजाज डिस्कभर बिक्री बितरण गर्दैै आएको छ । १२४ सीसी ४ स्ट्रोक एयरकूल्ड सिगंल सिलिन्डर इन्जिन रहेको यो बाइकको मूल्य १ लाख ९८ हजार  रहेको छ । 

उक्त इन्जिनले ९ हजार आरपीएममा १३ बीएच पावर तथा ७ हजार आरपीएममा ११ एनएम टर्क जेनेरेट गर्छ । 

यसको फ्रन्ट टायरमा डिस्क ब्रेक तथा रियरमा ड्रम ब्रेक रहेको छ । यसमा ट्वीन पाइलट हेडल्याम्प तथा एलइडी टेल ल्याम्प रहेको छ । ५ स्पीडको गियर बक्स रहेको बाइकमा ५ स्पोक अलाय ह्वील दिइएको छ । 

यो बाइकमा १० लिटर क्षमताको फ्यूल ट्यांकी रहेको छ भने, यसले प्रतिलिटर ७० किलोमिटर माइलेज दिने कम्पनीको दावी रहेको छ । यो बाइक प्रतिघन्टा १०५ किलोमिटरको स्पीडमा कुद्न सक्छ । 


Back_to_top