पछिल्लो समय फ्रान्सको अटोमोबाइल्स कम्पनी रेनोेले ट्राइबर एमपीभी मोडलको भारतमा परिक्षण गरिरहेको तस्बिरहरु बाहिर आएको थियो । अब भने कम्पनीले यसको आधिकारीक बिक्री वितरण सुरु गर्ने भएको छ ।
सात र पाँच सिटर अप्सनमा उपलब्ध हुने ट्राइबर म्यानुअलसँगै अटोमेटिक ट्रान्समिसन सहित बजारमा आउने छ । यो मोडलमा १.० लिटरको ३ सिलिन्डर टर्बाेचार्ज्ड पेट्रोल इन्जिन लगाइएको अनुमान गरिएको छ ।
उक्त इन्जिनले ९० बीएच पावरका साथै ११० एनएमको टर्क उत्पादन गर्छ । यसमा ५ स्पीड म्यानुअल ट्रान्समिसनको साथै अटोमेटिक ट्रान्समिसनमा पनि उपलब्ध हुनेछ । यसको लम्बाई ४ मिटर भन्दा कम बताइएको छ ।
यसलाई एलबीए कोड नेम दिइएर उत्पादन गरिएको हो । सीएमएफए प्लाटफर्ममा निर्माण भएको रेनो क्वीड बेस्ट ट्राइबर कारको ह्वीलवेस भने क्वीडको भन्दा बढी रहेको छ । सो कार इन्ट्रिलेभल ह्याचब्याक क्वीडमा आधारित हुनेछ ।

