काठमाडौं । भेष्पा अप्रिलियाले काठमाडौंको बौद्धस्थित पिपलबोटमा नयाँ सर्भिस सेन्टर संचालनमा ल्याएको छ ।
नेपालमा भेष्पा अप्रिलियाको आधिकारिक बिक्रेता डेल्टा अटोकर्प प्रालिले गहको सुविधालाई मध्येनजर गर्दै नयाँ सर्भिस सेन्टर संचालनमा ल्याएको हो ।
यस सर्भिस सेन्टरबाट भेष्पा अप्रिलियाको सबै स्कुटरहरूले सेवा पाउने छन् । ग्राहकले अब एकै स्थानबाट स्पेयर पाट्र्स, सर्भिस र मर्मत सुविधा पाउने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार नयाँ सेन्टरमा अत्याधुनिक उपकरणहरू, अनुभवी प्राविधिकहरूको व्यवस्था गरिएको छ । यसले स्कुटरहरूको मर्मत र सेवालाई प्रभावकारी बनाउने कम्पनीको विश्वास छ ।
कम्पनीका निर्देशक एवं सीईओ विजय महतोले नयाँ सर्भिस सेन्टरले ग्राहकहरूलाई बिक्री पछिको सेवाको दायरा फराकिलो बनाउने बताए । यो नयाँ सेन्टरले ग्राहकहरूलाई थप सुविधा प्रदान गर्ने उनले बताए ।

