काठमाडौं । सेरेसले ‘थ्री एक्स’ अफर ल्याएको छ । नेपालका लागि सेरेसको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले नाडा अटो शो २०२५ को अवसरमा उक्त अफर ल्याएको हो ।
कम्पनीका अनुसार थ्री एक्स अफर अन्तर्गत ग्राहकले मुख्य ३ फाइदा पाउने छन् । जसमा ग्राहकले ३ वर्षको सम्पूर्ण बीमा कभरेज, ३ गुणासम्मको नगद छुट र बुकिङ रकमको ३ गुणा बराबरको फाइदा पाउने छन् ।
ग्राहकले यस अफरमार्फत अधिकतम ६ लाख रुपैयाँसम्मको लाभ पाउने कम्पनीले जनाएको छ । यो अफर नाडा अटो शो भरी मात्रै लागू हुने छ ।
कम्पनीले नाडामा राखेको सेरेस थ्री ईभी आधुनिक डिजाइन, अत्याधुनिक प्रविधि र वातावरणमैत्री रहेको छ ।
नेपाली बजारमा आएको छोटो समयमा नै सफलता पाएको सेरेस-थ्रीमा १९० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स छ । यसमा ९९ किलोवाटको मोटर छ । ब्याट्री भने ५२.७ किलोवाट आवर क्षमताको पाउन सकिन्छ ।
आफ्नो सेग्मेन्टमा सबैभन्दा ठूलो एसयूभीको रूपमा परिचित सेरेस-थ्रीले आरामदायिक डबल कुशन सीटहरूका साथसाथै प्रर्याप्त हेडरूम र लेगरूम दिएको छ । चालक र यात्रु दुवैका लागि इलेक्ट्रिकल्ली एडजस्टेड सिटहरू, ३६० डिग्री क्यामेरा, ड्यास क्याम, एन्ड्रोइड अटो र एप्पल कार प्ले कनेक्टिभिटीका साथ रियल टाइम अफलाइन जीपीएस पाउन सकिन्छ ।
यसमा १०.२५ इन्चको जडान गरिएको इन्फोटेंमेन्ट स्क्रीन र ड्राइभर इन्फोटेंमेन्ट सिस्टमले गर्दा प्रयोगकर्तालाई आरामदायिक र अन्तरक्रियात्मक अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ ।

