अन्तर्राष्ट्रिय बजारमा भेस्पाका नयाँ ३ स्कुटर, क्षमता ५० देखि ३०० सीसी

पियाजियोम ग्रुपले आगामी वर्ष भेस्पाको नयाँ संस्करण सार्वजनिक गर्ने तयारी गरेको छ । अमेरिकामा सार्वजनिक हुने यो स्कुटरलाई क्यानेडियन बजारमा बिक्री गरिने छ । उत्पादित स्कुटरमा Primavera 50th anniversary, Primavera S Yacht Club र Notte मोडल रहेका छन् । 

भेष्पा प्रेमाभिरा मोडल सार्वजनिक गरिएको ५० वर्ष पूरा भएको छ । यो मोडल सन् १९६८ मा सार्वजनिक गरिएको थियो भने पुनः १९८२ मा उत्पादन बन्द भएको थियो । 

भेस्पा Primavera 50th anniversary

यो स्कुटरलाई भेस्पाको सबैभन्दा सफल मोडलको रुपमा लिइने गरिन्छ । नयाँ एनीभर्सरी मोडलमा ५ स्पोक डिजाइनको साथै १२ इञ्च अलोयह्वील लगाइएको छ । यो वाइक-५० सी र १५० सीसी इञ्जिन भ्यारियन्टमा उपलब्ध छ । 

प्रिमाभेरा एस स्पेशल एडिसनमा फूल कलर टीएफटी डिस्प्लेसहित पूmल्ली डिजिटल इन्स्ट्रुमेन्ट प्यानल लगाइएको छ । यो सुविधा १५० सीसी इञ्जिन भ्यारियन्टको स्कुटरमा मात्र उपलब्ध छ ।

भेस्पा Primavera S Yacht Club

भेस्पा प्रेमाभेरा याच क्लभ स्कुटरमा ५० सीसी, १५० सीसी भ्यारियन्टमा उपलब्ध छ । त्यस्तै, भेस्पा जीटीएस याच क्लब ३०० सीसी क्षमताको इञ्जिनसहित सार्वजनिक गरिने छ । यो स्कुटर ह्वाइट कलर तथा नेबी ब्यू कलर अप्सनमा उपलब्ध हुनेछ । 

यसको चेसीसमा स्पेशल ग्राफिक, डायमन्ड फिनिशससहितको रिम्स तथा फ्रन्ट सिल्डमा टाई लगाइएको छ । साथै, स्कुटरमा याच क्लवमा स्पेशल सिरिजको स्याडलमा ह्वाइट एज दिइएको छ । 

भेस्पा Notte 

भेस्पा नोट ब्ल्याक लूकमा सार्वजनिक हुनेछ । यसमा ओपेक ब्ल्याक चेसीसको अलवा फ्रन्ट सिल्डमा टाई, मिरर, ह्यान्डलबारलगायत पार्टमा ब्लाक कलर लगाइएको छ । नोटको स्प्रिन्ट वारियन्टमा ५० सीसी तथा १५० सीसीको भर्जन दिइएको छ । त्यस्तै, जीटीएस ३०० नोट ३०० सीसी इञ्जिन भर्जनमा उपलब्ध हुनेछ । 


Back_to_top