भायनेटको स्पिड बढ्यो

काठमाडौं । फास्ट इन्टरनेट प्रति ग्राहकहरुको बढ्दो चाहनालाई मध्यनजर गर्दै नेपालकै पहिलो र बिशाल FTTH इन्टरनेट सर्भिस प्रोभाइडर भायनेट कम्युनिकेसन्स्ले आफ्नो अन्लिमिटेड इन्टरनेटको स्पिडमा बृद्धि गर्दै ग्राहकहरुको लागि ‘गो फर स्पिड, गो फर भायनेट’ योजना बजारमा ल्याएको छ ।

स्पिड बृद्धि गर्ने क्रममा भायनेटले २० एमबिपिएस लाई बढाएर ३० एमबिपिएस बनाएको छ भने ३० एमबिपिएस लाई बढाएर ४० एमबिपिएस बनाएको छ । वार्षिक ग्राहकहरुले ३० एमबिपिएस इन्टरनेटको लागि प्रति महिना एक हजार २ सय, ४० एमबिपिएसको प्रति महिना एक हजार ४ सय र ६० एमबिपिएसको प्रति महिना १हजार ७ सय २० रुपैयाँ  तिर्नु पर्नेछ । यसका साथै ग्राहकहरुले ५५ एच्डी र १३५ वटा एस्डी च्यानलहरु रहेको नेट टि.भी समेत निःशुल्क प्राप्त गर्न सक्नुहुनेछ ।

यो योजना अन्तर्गत भायनेटले ग्राहकहरुलाई ३ महिना र ६ महिनाकोलागि पनि विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराएको छ । 


Back_to_top