काठमाडौं । चिनियाँ मोटरसाइकल कम्पनीहरु प्रिमियम मोटरसाइकलका डिजाइन कपी गर्न माहिर मानिन्छन् । हालै मात्र एक चिनियाँ कम्पनीले बीएमडब्ल्यू आर १२५० जीएस र होन्डा सीबी ५०० एक्सको कपी गर्दै नयाँ मोटरसाइकल तयार पारेको हो ।
चिनियाँ मोेटरसाइकल उत्पादन कम्पनी भिन्टो मोटर्सले १२५० को कपी गरेर बनाएको मोटरसाइकलको नाम ‘भिन्टो ५२५ जीएस’ राखेको छ ।
मोटरसाइकलको साइड प्रोफाइलको कुरा गर्दा १२५० जीएसको जस्तै २१ लिटर क्षमताको बल्की इन्धन ट्याङ्क दिइएको छ । ट्याङ्कमा जीएसको ब्याच दिइएको छ । त्यस्तै, यसको फ्रन्टमा १९ इन्च र रियरमा १७ इन्चको स्पोक ह्वील पाउन सकिन्छ ।
भिन्टो ५२५ मोटरसाइकलको फ्रन्टमा यूएसडी फर्क र रियरमा प्रिलोडेड एड्जष्टेवल मोनोसक सस्पेन्सन सेट उपलब्ध छ ।
यसको फ्रन्ट लुक भने १२५० जीएसभन्दा केही फरक रहेको देखिन्छ । यसको हेडलाइट होन्डा सीबी ५०० एक्सको जस्तो देखिन्छ । कम्पनीले यसको इन्जिन पनि होन्डाकै समान दिएको छ । भिन्टो ५२५ मा ४९४ सीसी प्यारलल ट्वीन इन्जिन दिएको छ । यो इन्जिनले ५३ पीएस पावर जेनेरेट गर्छ ।
भिन्टो ५२५ मा ७ इन्च टीएफटी डिस्प्लेका साथै स्मार्टफोन कनेक्टिभिटी फिचर दिइएको छ । यसमा नेभिगेशन तथा यूएसबी चार्जिङ पोर्ट, पेनियर बक्स, क्य्रास गार्ड जस्ता फिचर उपलब्ध छ ।
भिन्टो ५२५ को मूल्य ३५ हजार ९८० यूवान राखिएको छ ।

